२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

सुदूरपश्चिममा थप १५ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी । सुदूरपश्चिममा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती अस्पताल धनगढीको प्रयोगशालामा १३ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २ गरी शनिबार १५ जनामा संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालमा गरिएको ६ सय २९ स्वाव मध्य १३ जनामा संक्रमण पुष्टी भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार शनिबार संक्रमण पुष्टी हुनेमा कैलालीको गोदावरी नगरपालिकाका १ महिला र १ पुरुष, घोडाघोडी नगरपालिकाका ३ महिला, धनगढी उप–महानगरपालिकाका ३ पुरुष र १ महिला, कञ्चनपुरको वेलडाँडीका २ महिला र २ पुरुष रहेका छन् ।

यसै गरी श्निबार डडेल्धुरा अस्पतलमा गरिएको दुई सय २६ जनाको स्वाव परिक्षण गरिएकोमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पताले जनाएको छ ।

संक्रमण पुष्टी हुनेमा जयपृथ्वी नगरपालिका–५ बझाङका १८ बर्षे पुरुष र अमरगढी नगरपालिका–६ डडेल्धुराका २३ बर्षिया महिला रहेका अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संखया ४ हजार ८ सय ३४ पुगेको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।