२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

गायिका प्रिति आलेले ‘लरिलै बरिलै’ बोलको गीत मार्फत एक महिनामा कमाइन् आधा करोड

काठमाडौं- रातो सारी पहिरिएर सुख(दुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ।

यो वर्ष भने कोरोना भाइरस ९कोभिड(१९० ले तीज र तीजका गीतमा प्र’भाव पारिरहेको छ।

हिन्दुको पर्व हरितालिका तीज नजिकिँदै जाँदा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ। गाउँदेखि सहरसम्म तीजका नयाँ–पुराना भाका घन्कँदै गीतले बजार छोपिसकेको छ।

गीतमध्ये कतिपय विव’ादित भए भने कतिले श्रोता, दर्शकको माया पनि पाएको देखिन्छ। गायक दुर्गेश थापाको तीज गीत बेसार, बीचबीचमा(३ ले श्रोताको मन जित्न सफल भएको छ।

गायिका प्रीति आलेले गाएको ‘लरिलै बरिलै’ बोलको तीज गीत युट्युब मार्फत सार्वजनिक गरेको एक महिनामा ५२ लाखभन्दा बढीले हेरिसकेका छन् । टिकटक तथा सामाजिक सञ्जालमा यसले चर्चा पाएको छ ।

गायिका सोफिया थापाले गाएको ‘अबको तीज नो व्रत प्लिज’ गीतले चर्चा, वि’रोध र अ’वरोध पाएको छ।

वरिष्ठ गायिका मीरा राणाले हिजो माइती घर, धार्मिक स्थल तथा पधेँरो, चौतारोमा सीमित तीज पर्व अहिले सहर बजारको रमझम भइसकेको बताइन्।

परम्परागत वा’द्यवाद’न र लोकलयमा गाइने तीज गीत आधुनिक बाजागाजा र अनेक मेलोडीमा बन्न थालेका छन्।

यो वर्ष तीज भदौ ५ गते पर्छ तर तीजका गीत भने डेढ महिनाअघि नै बजारमा आउन थालिसकेका थिए

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।