२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

डडेल्धुरा स्ववीयु कप माथि प्रश्नै प्रश्न किन ? कसरि गुणस्तर सुधार होला क्याम्पसको

दिपक राज भट्ट (डडेल्धुरा) ः डडेल्धुरा जिल्ला सदरमुककामको तुफानडाँडा भन्दा १ कि.मि भित्र हरावरा जंगलको विचमा रहेको छ डडेल्धुरा क्याम्पस । डडेल्धुरा बहुमुखि क्याम्पसको स्थापना विं.सं २०५२ सालमा भएको थियो । त्यो बेला निकै नाम चलेको मात्र हैन निकै संख्यामा जनशक्ति उत्पादन गर्ने थलो थियो डडेल्धुरा क्याम्पस । क्याम्पसमा बैतडी , बाजुरा, अछाम, डोटि, बझाङ, बाजुरा र डडेल्धुराका विद्यार्थी हरु अध्ययन गथ्र्ये ।
जिल्ला सदरमुकाममा रहेको यो क्याम्पसले सुदुर पहाडका विद्यार्थीहरु लाई अध्धयनका लागि निकै सहज भएको थियो । हालको अवस्थामा तुलनात्म रुपमा क्याम्पसको गुण स्तर खस्कदो अवस्थामा रहेको छ । विभिन्न राजनितीक दलका संगठनहरु दर्ता भएर नेताहरु उत्पादन गर्ने थलो भएको डडेल्धुरा क्याम्पले । स्थानीय देखि राष््िटय स्तरका नेताहरु उत्पादन गरे पनि क्याम्पसले आफ्नो भौतिक तथा प्राविधिक स्तर भने सुधार गर्नमा कन्जुसाई गरेको देख्न सकिन्छ ।

डडेल्धुरा स्ववीयु कप माथि प्रश्नै प्रश्न किन ? के हो वास्तिबिकता
डडेल्धुरामा स्वीयुले विगत बर्ष २०७४ बाट नै विद्यार्थीहरु लाई स्थान दिन र प्रतिभा पहिचान गर्नका लागि खेलकुद आयोजना गर्दै आएको छ । यस संगठनले खेलका माध्यम बाट क्याम्पसको प्रचार प्रसारण गर्ने काम पनि गर्दै आएको छ । स्ववीयु ले आयोजना गरेको स्ववीयु कपमा पहिलो संस्करणमा पुरुस्कार राशि रु २५,००० (पच्च्ीस हजार) रहेको थियो, दासा्रे बर्ष रासि बढेर रु ५०,०००(पचाँस हजार) , त्यासपछि रु ५५,०००( पच्पन्न हजार ) । रहदै आएको थियो ।
यस बर्ष हुने भनिएको स्ववीयु कपको बारेमा भाद्र २२ गते पत्रकार सम्मेलन गरेर जानकारि गराएको थियो । जानकारि अनुसार यस पटक स्ववीयुले कपको पुरुस्कार राशि बढाएर १ लाख ५१ हजार राखेको छन् भने यस बर्ष महिला तर्फको पनि भलिवल प्रतियोगितालाई समावेस गरेको छ ।

बिबाद किन ?

तर यो वर्षको स्ववीयु कप माथि डडेल्धुराका अन्य विद्यार्थी संगठनहरुले भने असहमति जनाउदै आएका छन् । विद्यार्थीहरुले असहमती जनाउनुको कारण भने एकलौटि भएको आरेप छ ।
नेविसंघ विवि, अनेरास्ववीयु , अखिल क्रान्तिकारि , अनेरास्ववियु (समाजवादीले ) यसमा विरोद संगै खबरदारी गर्दै आएका छन् । यी संगठनका अनुसार स्ववीयुको म्याद सकएिको र थप म्याद नरहेकाले पनि डडेल्धुरामा स्ववीयु नै अवैधानिक रहेको गुनासो छ ।

स्ववीयुको लगाव कसरि बढ्यो ः
२०७४ सालमा २५ हजार रासि बाट सुरु गरेको स्ववीयुले अहिले चार बर्षमा राषि रु १ लाख ५१ हजार पुगाएको छ । खेलका लागि विभिन्न संघ संस्था र व्यक्तिहरु संग सहयोग मागेर खेल सुचारु गरिन्थ्यो , यस पटक सामाजिक मन्त्रालय ले रु १० लाख खेल सुचारु का लागि विनियोजन गरेको छ ।

क्याम्पसको अवस्था के छ ?

डडेल्धुरामा रहेको डडेल्धुरा बहुमदि क्याम्पस भित्र प्रवेस गर्ने हो भने क्याम्पसमा न गतिला धमरा छन् , नत चर्पि नै न त झ्याल नै गतिला छन् । छ त केवल प्रकृतिले दिएको उपशार सुन्दर वन जंगल ।
क्याम्पसमा औपचारि भन्दा पनि अनौपचारि रुपमा पढ्ने विद्यार्थीहरु बढि छन् । तुलनात्मक रुपमा पुरुष भन्दा महिला बढि छन् । क्याम्पसको भौतिक अवस्था नाजुक छ । विद्यार्थीहरुका लागि सहज र सुलभ पुस्तकालय छैन् ।

समग्रमा विद्यार्थी
यस क्याम्पसको विकासका लागि आम सरोकारवाला नागरिकहरुको चासो जाग्नु जरुरि छ । क्याम्पसको सुधारका लागि भौतिक संरचनाहरु निमार्ण गर्ने , सरल सुलभ पुस्तकालय स्थापना गर्ने । विद्यार्थीहरुको पढाई संगै राजनिती गर्न सिकाउने हो भने क्याम्पसको गरिमा र क्याम्पसको नतिजा राम्रो आउनु सक्छ । यति मात्र हैन क्याम्पसको गुणस्तर सुधार गर्ने हो भने यो सुदुर पहाडको एक शैक्षिक गनत्व्य अवश्य बन्ने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।