२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

नेपाली काँग्रेस (विपी) डडेल्धुरा द्वारा उमेदवार सिफारिस

डडेल्धुरा ः नेपाली काँग्रेस (बिपी) डडेल्धुराले आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेस र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि उमेदवारको नाम सिफारिस गरेको छ ।
एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको डडेल्धुरामा बिपी काँग्रेस वाट वरिष्ठ उप–सभापती कर्ण बहादुर मल्लको नाम संघ प्रतक्षमा सिफारिस गरिएको बिपी काँग्रेस डडेल्धुराले जनाएको छ ।
दुई प्रदेससभा रहेको डडेल्धुराको क्षेत्र (क)प्रतक्षमा गणेश प्रशाद जोशी क्षेत्र ख मा हरि प्रशाद भट्ट र करुणाकर भट्ट को नाम पार्टीले सिफारिस गरेको छ ।
त्यसै गरि समानुपतिक तर्फ संघमा ,गोपा थापा, कमला बिष्ट, डम्मरी देबी वली, तारि सिहं बोहरा, तिलक हमाल,सुरेन्द्र मालि,पदमा गुरुङ, वाजी लुहार,खडक कैनी, र लोक राज भट्टको नाम सिफारिस गरिएको काँग्रेस बिपी डडेल्धुराका सचिव सन्तोष देउवाले जानकारी दिए ।

समानुपातिक प्रदेससभामा करुणाकर भट्ट, भरत नेपाली, नारुदेबी ओझा, शान्ती जैशी,देबकी पन्त, मान बहादुर बुढा मगर, नर बहादुर ठकुराठी, डम्बर सिंह विष्ट,पदम सिह खाती,शेर बहादुर चाड,जय बहादुर ऐरको नाम सिफारिस गरिएको देउवाले गाउँघरन्यूजलाई जानकारी दिए ।
नेपाली काँग्रेस ९बिपी० डडेल्धुराले जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा आफ्नो संगठन बिस्तार र कार्यकर्ता भेटघाटलाई तिब्रता दिईरहेको छ ।
नेपाली काँग्रेस डडेल्धुराको सातौ जिल्ला अधिबेसन बहिस्कार गरि मल्ल समुहले जिल्ला अधिबेसन र केन्द्रीय महाधिबेसनलाई अबैधानिक भन्दै आएको हो ।
मल्ल समुहले पटक–पटक क्रियाशिल सदस्य बितरणको प्रकृया र अधिबेसन बिधि र पद्वति विपरित भएको भनी डडेल्धुरा हुदै काठमाण्डौं केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएको थियो ।
अहिले मल्ल समुह बिपी काँग्रेसमा आवद्व छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।