पदम जोरा (डडेल्धुरा) ः डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा।न ६ का वडा अध्यक्ष हरि भण्डारी ०७९ बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन वाट निर्वाचीत भएका हुन ।
प्राबिधिक क्षेत्रमा दखल तथा बिभिन्न गैरसरकारी संस्था र सामाजिक क्षेत्रमा कृयाशिल भण्डारीले नेपाली काँग्रेस वाट टिकट पाएका थिए । पार्टीले टिकट दिए पश्चात आफ्नो जनमुखी घोषणा र पार्टीको प्रतिवद्वता सहित ऊनी चुनावी मैदानमा होमिएका थिए । अनुभव र लगनशिलताका खातिर उनी अजयमेरु गाउँपालिका वडा नं. ६ को अध्यक्षमा विजयी भएका थिए ।
वडा अध्यक्षमा विजयी उनी युवा, जेष्ठनागरिक, महिला तथा वालवालिका सबैका पृय भण्डारीले सबैका मागहरु सम्वोधन लाई तिब्रता दिएका छन । आफ्नो चुनावी घोषणा–पत्र अक्षरसह पालना गर्दै म जनमुखी काममा खटिएको जानकारी दिए ।
वडा।न ६ लाई ५ वर्ष भित्र बर्षेनी बृक्षारोपण गरि हरितवडा वनाउने हाम्रो मुख्य लक्ष्य रहेको उनले वताए ।
वडाको शान्ती सुरक्षा अमनचयनका लागि मदिरा बिक्रि वितरण व्यवस्थीत पारिएको छ ।
वडा न. ६ र ५ मा लामो समय देखी खानेपानी लगायत वेरोजगारी समस्या रहेकाले सोको न्यूनीकरणका लागि पहल भई रहेको उनले गाउँघरन्यूजलाई वताए ।
भागेश्वर गाउँपालिका वडा नं. ३ र ४ छिमेकी जिल्ला बैतडीको मेलौली नगरपालिका संग नाका जोडीएको वडा नं. ५ को दुर्गम वस्तीमा बिधुत ,संचार र सिचाई, सडक यातायात लगयात कयौंन समस्या रहेका छन ।
आफ्नो क्षमता र म आवद्व पार्टी नेपाली काँग्रेसको तागतले ५ वर्षमा केहीहद सम्म नयाँ र नौलो परिर्वतन ल्याउने मेरो व्यक्तिगत मिसन छन उनले वताए ।
मैले कमाउनु छैन, कमाउने भए म एक प्राबिधिक क्षेत्रको विद्यार्थी र भागेश्वर गाउँपालिका, एम्पीडियस मा बर्षौ जागीर गरेको अनुभव छ ।
आफु एक निर्माण व्यवसयी पनि हु मैले कमाउनु छैन मेरो बुद्वि विवेकले जती काम गछुै जनताका लागि मात्रै भण्डारीले वताए ।
निर्वाचित भएका १ सय दिनका उपलब्धी सुनाउदै ऊनले भने यस क्षेत्रको शिक्षा, स्वास्थ्यको अवस्था मैले नजिक वाट नियालेको छ , कसरी प्राथमिकताका आधारमा सेवा दिन सकिन्छ प्रतिबद्व छु, उनले भने ,
उच्च शिक्षा अध्ययन गर्ने वडा।न ६ का उतकृष्ठ, जेहेन्दार र गरिब अनाथ मध्ये २ जना लाई निःशुल्क अध्ययनको निर्णय वडाले गरि सकेको उनले वताए ।
वडावाट दिईने पञ्जीकरण लगायत हरेक सेवा प्रभावकारी र जनमुखी दिई रहेको भण्डारीको भनाई छ ।
नले जानकारी दिए ।,
प्रस्तुति सेवा र आकस्मीक स्वास्थ्य सेवाका लागि पहल भएको छ, एम्बुलेन्स सेवालाई पनि छिटो र छरितो वनाईएको छ ।
वर्षादमा अवरुद्व हुने ग्रामिण सडकखण्ड सुचारुका लागि स्थानीय मजदुर र पालिकाको स्काईभेटर लाई प्रयोग गरि सडक सुचारु गरिने छ ।
वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त नागरिकलाई भत्ता सहजीकरण भई रहेकोछ
वडा।न। ६ को एक आर्थिक वर्षमा २ पटक सार्वजनिक सुनुवाई गरि नागरिक माझ वडाको गतिबिधी पारदार्शि गर्ने मेरो दृढसंकल्प छ, उनले वताए ।
वडा, गाउँपालिका र प्रदेशवाट विनियोजित जेष्ठनागरिक, महिला, वालवालिका लक्षित वजेट पारदर्शि रुपमा उहाँहरुको मागमा आधारित लक्षित वर्ग सम्म पु¥याउन पहल गरिने उनले बताएका छन ।




























