२०८३ आश्विन १३ मंगलवार
२०८३ आश्विन १३ मंगलवार

डडेल्धुरामा पनि फैलियो डेंगी ः सुरक्षित रहनु आग्रह

डडेल्धुरा ः डडेल्धुराका ५ स्थानीय तहमा डेंगी फैलिएको छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्ला सदरमुकाम रहेको अमगरढी नगरपालिका, अजयमेरु गाउँपालिका भागेश्वर, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा डेंगीका बिरामी फेला परेका हुन्। जिल्लाको पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकामा भने डेंगीको संक्रमण छैन।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टका अनुसार अहिलेसम्म डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा २८ जनामा डेंगी देखिएको छ। २८ जनामध्ये १६ जना डडेल्धुराका छन् भने बाँकी ९ जना बैतडी र ३ जना डोटीका छन् । उनका अनुसार डडेल्धुरामा सबैभन्दा बढी अमरगढी नगरपालिकामा ९ जनामा डेंगी देखिएको छ। भागेश्वर गाउँपालिकामा ३, गन्यापधुरा र नवदुर्गामा २÷२ तथा अजयमेरु गाउँपालिकामा एक जनामा डेंगी देखिएको भट्टले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।