२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

कमिशनको भागबण्डा नमिल्दा शुक्लाफाँटाको एम्बुलेन्स २ महिना देखि ग्यारेजमै थन्कियो

गौरव बिष्ट / झलारी- कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा जनप्रतिनिधि संगै शुक्लाफ़ाटा नगरपालिका दिन प्रतिदिन आफ्नो जिम्मेवारी बाट पन्छिन खोजि रहेका छन्।

शुक्लाफ़ाटा नगरपालिकाले कोरोना भाइरसको संक्रमण बाट ग्रसित हुदै गर्दा शुक्लाफ़ाटा नगरपालिका वडा नम्बर ४ मा रहेको पिपलाडी स्वास्थ्य चौकी पिपलाडीको एम्बुलेन्स नगरपालिकाले प्रयोग गर्दै आएको थियो तर गत असार ६ गते शनिवार धनगढिमा स्वाब संकलन गरि सेती प्रादेशिक अस्पतालमा पुर्याउन जादा दुर्घटनामा परि एम्बुलेन्समा क्षेती पुगेको थियो तर एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएको पुरा २ महिना बिति सक्दा पनि सम्बन्धित निकाय निरिह बनेको छ। सर्वसाधारण नागरिकलाई स्वास्थ सेवा प्रदान गर्ने एम्बुलेन्स जस्तो अत्यावश्यक साधन २ /२ महिना सम्म ग्यारेज मै थान्किदा पनि न त् पिपलाडी स्वास्थ्य चौकी पिपलाडीले चासो देखाएको छ न त् शुक्लाफ़ाटा नगरपालिकाको कार्यालय झलारी कन्चंपुरले कोरोना रोकथाम तथा नियन्त्रणको नाममा साढे ३ करोड खर्च गर्न सक्ने कंचनपुर जिल्लाकै ९ स्थानीय तह मध्ये टप नगरपालिका शुक्लाफ़ाटा नगरपालिका प्रमाणीत भई सकेको बेला एउटा एम्बुलेन्स समेत २ महिना बित्दा समेत ग्यारेजमा थन्किदा किन मुख दर्शक बन्दै छ सम्बन्धित सरोकारवाला निकाय,गैरजिम्मेवारी पना हुनुको पनि सिमा हुन्छा नि भन्दै नागरिक सुशासन समाजका अध्यक्ष वीर वहादुर वोहराले आपत्ति जनाएका छन् ।

आफुहरुले समेत पटक पटक शुक्लाफ़ाटा नगरपालिकाका प्रमुख,व्यवस्थापन समिति अध्यक्ष र सामाजिक विकास समिति संयोजक संग मर्मतको लागि अपिल गरेको तर २/४ दिन भित्रै मर्मत हुन्छ भनेर साउन ३ गते भनेको थियो त्यस पछि साउन २० गते भित्र एम्बुलेन्स मर्मत भई शुक्लाफ़ाटा नगरपालिकामा पुग्ने भनिए पनि त्यो किन हुन् सकेन अब त्यसको जवाफ हामि लाई चाहिन्छ। नागरिकको स्वास्थ्य संम्वेदनशिलता जस्तो विषयलाई प्राथमिक्तामा राख्नुको साटो गम्भीर लापरबाही भईरहेकोछ ।

एम्बुलेन्स मर्मत नहुदा सयौको संख्यामा विरामीहरुले एम्बुलेन्स सेवावाट वन्चित हुनु परेको प्रती नागरिक सुशासन समाजको गम्भीरता ध्यानाकर्षण भएको समेत अध्यक्ष वोहराले बताए ।

यसैगरि शुक्लाफाँटा नगरपालिका वडानं २ का वडा अध्यक्ष तथा नगरपालिकाका सामाजिक विकास समिति संयोजक शिवराज पनेरुले एम्बुलेन्स जस्तो संम्वेदनशिल साधन समयमै मर्मत गरेर संचालन गर्न आफुले पहल गरिरहेको र नगरपालिका को नया आर्थिक बर्षको लागि खाता संचालनमा नआएको ले आर्थिक तवरले एम्बुलेन्स मर्मत वाफतको खर्च तिर्न नसक्दा संचालनमा ल्याउन ढिलो भएको र अब निकास खोजिने वडा अध्यक्ष पनेरूले वताए ।

अन्तत नगरपालिकाका केही कर्मचारीहरुको स्वार्थका कारण पनि एम्बुलेन्स मर्मतमा जानी जानी ढिलाई गरेको प्रष्टै देख्न र बुझ्न सकिन्छ । २ महिना सम्म पनि सामान्य मर्मत हुन् न सक्नु तर खर्च भने कमै लाग्ने भए पनि जनप्रतिनिधि र शुक्लाफ़ाटा नगरपालिकाका केहि कर्मचारीहरुको स्वार्थका कारण मर्मत सामग्री सस्तोमा पाउदा पाउदै महँगो बिल पेश गरि मर्मत गर्ने स्थान बाट समेत कमिशन खान खोजि रहेको नाम उल्लेख नगर्ने सर्तमा स्थानीयहरुले बताएका छन् ।

आफुलाई जहा बाट कमिशन खान सजिलो हुन्छ सोहि ठाउ बाट मर्मत गरेर ल्याएको र खर्च विवरण बढाई कमिशन खान लागेको उनको भनाई छ। सो समाचारको बारेमा बुझदा शुक्लाफ़ाटा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा पिपलाडी स्वास्थ्य चौकीका व्यवस्थापन समिति अध्यक्ष ज्ञान बहादुर बिष्टले नगरपालिकाले कोरोना संक्रमितहरुको स्वाब संग्कलनका लागि प्रयोगमा ल्याएको एम्बुलेन्स यथाशिग्र संचालनमा ल्याउनुपर्ने बताएका छन्।

त्यसै गरि स्वास्थ्य शाखा झलारीका प्रमुख प्रमानन्द भट्टले एम्बुलेन्स मर्मत भई सकेको र सम्भब त आइतवार नगरपालिकामा पुग्ने समेत बताए।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।