२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

माओवादी केन्द्र र विप्लवका प्रवासका कार्यकर्ताबीच एकता

काठमाडौं — नेकपा माओवादी केन्द्र र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विदेशस्थित कार्यकर्ताबीच एकता भएको छ ।

नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका सह–इन्चार्ज लक्ष्मण पन्तको प्रमुख आतिथ्यता,नेपाली जनप्रगतिशील मंच मध्यपूर्वका संयोजक सनि कुमार ओलीको अध्यक्षता, प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, सचिव टिबी पाठकको बिशेष उपस्थिती तथा सचिव हरि नेपालीको संचालनमा सेप्टेम्बर ९ मा सम्पन्न एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रको भाृत संगठन नेपाली जनप्रगतिशील मंच र विप्लव नेतृत्वको भातृ संगठन नेपाली जनप्रगतिशील मोर्चा (मध्यपुर्व) बीच बीच एकता भएको हो ।

जसमा श्रीकृष्ण भट्टराई (कतार), रेशम पौडेल (कतार), भिम केरुङ (बहराइन), जय किशोर पोद्दार (कतार), मिनराज नाथ (बहराइन), युबराज कार्की (साउदी) बिपिन निरौला(साउदी), कृष्ण लिम्बू (बहराइन) र पृथी छक बुढा (युएई) रहेको कतारबाट श्रीकृष्ण भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले देशको बदलिँदो राजनीतिक परिस्थितिलाई मध्येनजर गर्दै प्रवासमा रहेका संगठनबीच एकता गर्दै बृहद कम्युनिष्ट एकताको अभियान चलाईएको बताए ।

उक्त एकता प्रक्रियामा नयाँशक्ति कतारका पूर्व संयोजक तथा बर्तमान सल्लाहकार शिव भट्टराईको पनि सहभागीता रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।