२०८३ असार २२ सोमबार
२०८३ असार २२ सोमबार

बैतडीमा १३ वर्षपछि पम्पबाट पेट्रोल वितरण सुरु

बैतडी ः बैतडीमा पम्प खुलेको १३ वर्षपछि पम्पबाट पेट्रोल वितरण सुरु भएको छ। शनिबारदेखि पेट्रोल वितरण सुरु भएको हो। बैतडीको एकमात्र आयल स्टोरमा पेट्रोल पाउन बन्द भएको पाँच वर्ष बढी भयो । सो भन्दा अगाडी पनि पेट्रोल वितरण सेवा अनियमितनै थियो ।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले सक्रियतामा सतबाँझ स्थित भण्डारी आयल स्टोरले आजबाट पेट्रोलको नियमित उपलब्धता गराउन थालेको छ । प्रशासनको नियमित ताकेतापछि आफुले पेट्रोल मगाएर वितरण गर्न थालेको भण्डारी आयल स्टोरका प्रोप्राइटर लालबहादुर भण्डारीले बताए ।
पम्पमा पेट्रोल नपाइदा यहाँका उपभोक्ताहरुले वषौँदेखि महंगो मूल्यमा पेट्रोल किन्दै आएका थिए । बजारमा २ सय ३० देखि अढाइ सय प्रतिलिटर पेट्रोल किन्न बाध्य भएका ग्राहकहरुले अब प्रतिलिटर एक सय ८९ रुपैंयामा पेट्रोल किन्न पाउने भएका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।