२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

जिम्मेवारहरू जवाफदेही हुनैपर्छ !

केही दिन यतादेखि मैले स्थानीय सरकारमा सरकार प्रमूख र उपप्रमूखहरूले कहॉ कहॉ कतिजना पीए राखेका छन् भनेर पोष्ट गरिरहेको छु। पीए किन राखेका छन्? राख्न पाईन्छ कि पाईन्न? राख्न हुन्छ कि हुन्न? त्यो सही वा गलत? मैले त्यसमा केही बोलेको छैन। जजसको मकहॉ जानकारी आएको छ, तिनले जवाफदेही भएर स्वयं यसमा प्रष्ट पार्नुपर्ने वा धारणा राख्नुपर्ने मेरो अपेक्षा हो। त्यो काम ठिक हो वा हैन त्यसमा पनि आआफ्नो विचार अभिब्यक्त भएको पढ्न चाहेको हो। आफूले पीए राखेको छैन भनेर प्रष्ट पार्ने जनप्रतिनिधिहरूलाई म धन्यवाद दिन चाहन्छु।
तर मेरो चाहना त्यति मात्र हैन। आफू पीए राख्दिन र अरूले पनि नराखून् भनेर आह्वान पनि गरियोस् भन्ने आशा मेरो हो यदि यसरी कार्यकर्तालाई पीएमा भर्ना गरेर राख्ने काम ठिक हैन भन्ने लाग्छ भने।
मैले पूर्ण सही तथ्य दिईनँ भनेर उहॉहरू मसंग रिसाउनुको अर्थ उहॉहरूलाई आफूले पीए राख्ने काम गलत हो, तर आफूले गलत गरेको छैन भन्ने लागेर नै हुनुपर्छ भन्ने बुझेको छु।
तिनलाई म धन्यवाद दिन चाहन्छु, मेरो सूचना गलत लागेर मसंग रिसाउने ती सबै जनप्रतिनिधिहरूलाई जसले पीए (प्रत्यक्ष वा परोक्ष) राख्नुभएको छैन भन्ने दाबी गरिरहनु भएको छ।
त्यस्तै अरू सर्वसाधारणहरूलाई पनि धन्यवाद दिन्छु जसले कसै कसैले पीए राखेको बारेमा मैले दिएको जानकारी ठिक होईन भनेर मप्रति आक्रोशपूर्ण प्रतिक्रिया ब्यक्त गर्दै हुनुहुन्छ। तर मेरो सूचना गलत भनेर रिसाउने मात्र हैन जनप्रतिनिधिहरूले तलबी पीए राखेको ठिक वा बेठिक के हो ? त्यसमा जनप्रतिनिधि र जनताको धारणा के हो भन्ने विचार पनि सुन्न चाहेको छु। मसंग रिसाएको अभिब्यक्ति दिएर कुनै सुधार हुने पनि हैन बरू बेठिक कामको पक्षपोषण गरेको त हैन भन्ने अर्थ मात्र दिएको हुन्छ। तर म संग रिसाएकाहरूसंग भने म रिसाएको छैन, न रिसाउछु किनभने मेरो लेखनको लक्ष जानकारी दिने मात्र हुने गर्दैन, त्यसभित्र सन्देश पनि निहीत हुने गर्छ, भलै म प्रकट रूपमा कसैप्रति आरोप वा आक्षेप लगाउने शैलीमा म लेख्ने गर्दिन।

तर, केही झोलेहरूले कुरा बुझ्दैनन्, न तिनको काम बुझ्ने हो, तिनको काम झोला बोक्ने मात्र हो। तर गैरझोलेहरूले कुरा बुझेका हुन्छन्- लोकतन्त्रमा सार्वजनिक पदधारीले जनता एकएक जनाको जिज्ञासा वा आशंकाको जवाफ दिनुपर्छ, दिनैपर्छ र दिईरहनुपर्छ। सामन्ती सोच, संस्कार र ब्यवहारमा लिप्त र हुर्केका नेता र कर्मचारीहरू जनताले तिनका काम र आचरण वा नैतिकतामा अलिकति आवाज उठायो कि तिनलाई रनक्क झोक चल्नु स्वाभाविक हुन्छ। ती नभएको आफ्नो चरित्रको हत्या भयो भनेर रोईलो गरिरहेका हुन्छन् र त्यो रोईलो सुनेपछि बरा झोलेहरू तीन हात उफ्रदै डम्फूको तालमा नाच्छन्।
लेखक – भिम उपाध्याय( नेपाल सरकारका पूर्व सचिव )

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।