२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

डडेल्धुरामा काेराेना परिक्षण समुदाय स्तरमा गरिदै

डडेल्धुरा – समुदाय स्तरमा पनि कोरोना भाईरस परिक्षण गरिन थालीएको छ ।

पछिल्लो समय समुदायमा कोरोना भाईरस फैईलीदै गएपछि डडेल्धुराको सदरमुकाम बजार क्षेत्रका नागरिकको कोरोना परिक्षण गरिन थालेको जिल्ला प्रहरि कार्यालय डडेल्धुराले जनायो ।

अमरगढी नगरपालिकाका सवारी चालक, सहचालक, होटेल संचालक, कर्मचारी, व्यापारीहरु खुद्रा व्यवसायी लगायत मजदुरहरुको पिसिआर टेस्टका लागि स्वाब संकलन भैरहेको छ ।

पिसिआर टेस्टका लागि बागबजार क्षेत्रबाट शुक्रबार ७७ जनाको स्वाब संकलन गरि डडेल्धुरा अस्पताल पाठाईएकोे जिल्ला प्रहरि कार्यालय डडेल्धुराले जानकारी दियो । चाड पर्व नजीकीदै गए सँगै बजारमा किनमेल गर्नेहरुको चाप बढ्दै गए पछि कोरोना सर्नसक्ने भएकाले व्यापारी लगायत सवारी चालकहरुको कोरोना परिक्षण प्रक्रिया थालीएको हो । स्वाब संकलन गरिएकाहरुको दुई तीन दिनमा रिर्पोट आउने प्रहरि कार्यालयले जनाएको छ ।

केहिदिन अगाडी मात्रै डडेल्धुरा जिल्ला भित्रका सबै प्रहरीहरुको कोरोना परिक्षण गरिएको थियो सबैको रिर्पोट नेगेटिभ आएको थियो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।