२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

अवैध सम्बन्ध कारण गर्भपतन गराउनेको संख्यामा वृद्धि, सचेतना दिदै सिडिएफ नेपाल र आईपास

डडेल्धुराः शुक्रबार जिल्ला सदरमुकाममा आइपास नेपाल र सामुदायिक विकास मञ्च (सीडएफ) नेपालले आयोजना गरेको ‘स्थानीय सञ्चारकर्ताहरूसँग यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी छलफल’ कार्यक्रममा तथ्यांक प्रस्तुत गरेको छ । डडेल्धुरा का दुई पालिका नवदुर्गा र भागेश्वरमा कार्यक्रम लागु गरिएको छ । डडेल्धुरामा गत आर्थिक वर्षमा १ हजार १ सय ५१ जनाले औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराएका छन्। ७४ जनाले शल्यक्रियामार्फत् सुरक्षित गर्भपतन गराएको परिवार नियोजन सुपरभाइजर निरीक्षक कुँवरले बताए।
स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन सुपरभाइजर निरीक्षक भवानीसिंह कुँवरका अनुसार आर्थिक वर्ष २०७७—७८ मा जटिल गर्भपतन गराउनेको संख्या १८ जना थियो। तर, गत आर्थिक वर्ष २०७८—०७९ मा त्यो संख्य बढेर २६ जना पुगेको उनले जानकारी दिए। गर्भपतन गराउने दुईवटा तरिका छन्। एउटा शल्यक्रिया र अर्को औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन सकिन्छ।
गत आवमा २० वर्षमुनिका १७ महिलाले गर्भपतन सेवा लिएका छन्। जिल्ला २२ सूचीकृत रहेको भएपनि २० स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतनको सेवा दिइरहेको कुँवरले जानकारी दिए। सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानूनमा उल्लेख गरिएको छ।
जबरजस्ती करणी, हाड नाता, विकलाङ्ग बच्चा जन्मिने सम्भावनालगायतका समस्या भए २८ हप्तासम्मको गर्भपतन निःशुल्क गराउन पाउने अधिकार छ। नेपालजस्तो पितृ सत्तात्मक सोच भएको देश भएकाले छोराको चाहना, गरिबी, अशिक्षा र अवैध सम्बन्ध कारण यहाँ गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको चिकित्सकहरूको तर्क छ।
डडेल्धुरामा सुरक्षित गर्भपतन गराउनेको संख्या (चार आर्थिक वर्षको तथ्यांक)

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।