डडेल्धुरा ः नेपाली कांग्रेस (वि.पी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले देश र जनताका लागि आफू जस्तोसुकै संघर्षको मैदानमा पनि उत्रन तयार रहेको बताएका छन् ।
बिहीबार डडेल्धुराको अजयमेरु गाउपालिका(१ समैजीमा कोला समैजी महिला विकास बहुउद्देशीय सहकारी संस्थाको भण्डार गृह उदघाटनका क्रममा वरिष्ठ उपसभापति मल्लले आफुले जहिलेपनि अन्याय र अत्याचारका विरुद्ध आवाज उठाउदै आएकोले आफू कहिँ कहिलेपनि बिचलित नहुने बताए।
डडेल्धुराको बिकास र यहाँका आदरणीय जनताको निर्देशन मेरालागि सदैव मार्ग निर्देशन हुने पनि नेता मल्लले बताए। सानेपा कांग्रेसले केही मुठ्ठीभरका बर्गको लागि मात्रै राजनिती गर्ने भएकोले जिल्लाका केही सुकिलामुकिला ब्यक्तिले मात्रै देउवाबाट फाईदा लिएको बताउदै नेता मल्लले आफू जिल्लाको समग्र बिकासका लागि निरन्तर लागिरहेको र लागिरहने प्रण समेत गरे।
कार्यक्रममा मल्लले नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरि काँग्रेस ९विपी० मा प्रवेश गरेका ६० जनाभन्दा बढिलाई पार्टीको सदस्यता दिई स्वागत गरेका थिए।
यसरी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसको टोल कार्य समितिका संयोजक राजबहादुर भण्डारी, शेर बहादुर भण्डारी , भिम बहादुर भण्डारी , दानसिंह ऐर , प्रकाश भण्डारी , वीर बहादुर भण्डारी , भोज कामी , नेकपा ९माओवादी केन्द्र ० का पुर्व वडा प्रमुख हरिन्द्र भण्डारी लगायत रहेका छन् ।























