कञ्चनपुर । कोरोना भाइरस संक्रमणबाट कुनै विरामीको मृत्यु भएमा उक्त व्यक्तिको शव व्यवस्थापन सम्बन्धी डेमोस्ट्रेशन (नमुना अभ्यास) गरिएको छ ।
कञ्चनपुरको महाकाली अस्पतालमा शनिबार नेपाली सेनाले कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्ने नमुना देखाएको हो । श्री.न २५ बाहीनी अड्डा भगतपुर व्यारेकको टिममले शव व्यवस्थापनको नाट्य शैलीमा प्रस्तुत गरेका थिए ।
अभ्यासमा अस्पतालको आइसोलेशन वार्डमा कोरोना लागेका व्यक्तिको मृत्यु भएपछि स्वास्थ्य र सुरक्षामा खटिने दुवै पक्षले व्यक्तिगत सुरक्षालाई उच्च सतकर्ता अपनाई मृत शरीरको व्यवस्थापन गरिएको कुरा देखाइएको थियो ।
Views: 15