२०८३ भाद्र १५ सोमबार
२०८३ भाद्र १५ सोमबार

डडेल्धुराका मनकारि वडा अध्यक्ष जसले सरकारको कुनै सेवा सुविधा लिदैनन्


वडाध्यक्ष भट्ट जो गाडी, तलब सेवासुबिधा नलिई जनताको सेवामा व्यस्त

डडेल्धुरा ः जनतालेनै निर्वाचित गराएका स्थानीय तहका अधिकांश जनप्रतिनिधि जनताको दुःख भुलेर सुखसयलमा रमाउन तल्लीन छन् । जनताका समस्या भन्दापनी आफ्ना स्वार्थपूर्तिका लागि राज्यले दिएको सेवासुबिधा दुरुपयोग गर्दै मोजमस्ती, आफ्न्तलाई पोस्ने काममा रमाउने गरेका छन् । तर, केही जनप्रतिनिधि यस्ता पनि छन्, जसले राज्यबाट पाउने तलबसुविधा नै लिएका छैनन् । राज्यले दिने तलबभत्ता र सुविधालाई सामाजिक सेवामा खर्चिएका छन् । आफै सक्रिय भएर सामाजिक कार्यमा अग्रसर भएर जनताको सेवा र समाज निर्माणमा खटिएका छन् ।

डडेल्धुरा गन्यापधुरा गाउँपालिका ४ का वडाध्यक्ष नरेशकुमार भट्ट आफु जनप्रतिनिधि भएपश्चात जनताको सेवामा र सामाजिक कार्यमा सक्रिय बनेका छन् । निर्वाचन भएलगत्तै वडाध्यक्ष भट्टले शिक्षा, स्वास्थ्य, खानेपानी र बृक्षारोपनलाई प्राथमिकता दिदै जनताको सेवा खटिने प्रतिबद्धता गरे । उनले वडाध्यक्ष पाउने सेवा सुबिधा वडा भित्रका विद्यालयमा रहेका गरिब,दलित, पिडित, असहाय, जेहेन्दार, विद्यार्थीहरुको शैक्षिक उन्नती( प्रगतिमा खर्चिने घोषणा गरे र शिक्षाको गुणस्तरमा सुधार बढाउने प्रतिबद्धता जनाए ।

जनप्रतिनिधि भएको १०० दिनमा उनले प्रतिबद्धता अनुसार थुप्रै सामाजिक कार्य गरेर वडावासीको मन जित्न सफल भएका छन् । वडाध्यक्षको सुरुवाती काम देखेर उनको प्रसंशा हुने गरेको छ ।
बिद्यालयको खेलमैदान निर्माण, विद्यालय(मठमन्दिरमा तारजाली र बृक्षारोपन कार्यमा आफै सक्रिय हुन गरेका छन् भने जनताका समस्या समाधान गर्न जनतासंगै सहकार्य गरेर समाधान गर्न खटिने गरेका छन् । सरसफाइ अभियान, बृक्षारोपन अभियान, सडक निर्माण, खानेपानी निर्माण, स्वास्थ्य सुधार , धार्मिक संरचनाको संरक्षण लगायत कार्य आफै सक्रिय भएर जनताको जनप्रतिनिधिको अनुभुती दिएका छन् ।

वडाध्यक्ष भट्टले वडाध्यक्ष लागि खरिद गरेको मोटरसाईकल आफुले प्रयोग नगरी वडाको काम प्रयोगमा लगाएका छन् । वडाध्यक्ष भट्टले भने ‘हामि जनताको सेवा गर्न आएका हौ त्यसैले जनभावना अनुसार सेवा गर्नुपर्छ, जनताकै सेवामा खटिएर काम गर्दैछु ’ ।

उनी नेपाली काँग्रेसबाट वडाध्यक्ष जितेका हुन । उनी विद्यार्थि राजनितिहुँदै पार्टीको राजनीतिमा होमिएका हुन । उनी नेपाली कांग्रेस डडेल्धुराका निर्वाचित जिल्ला कार्यसमिति सदस्य हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।