२०८३ भाद्र १६ मंगलवार
२०८३ भाद्र १६ मंगलवार

तीन बर्ष पछि डडेल्धुरामा बाघ जात्राको रौनक हरौं तस्बिरहरु

डडेल्धुरा(दिपक राज भट्ट)ः डडेल्धुराको बाघखोरमा (सदरमुकाम)मा आज बाघ जात्रा निकालिएको छ। अमरगढी नगरपालिका–५ स्थित बाघखोरमा बाघ जात्रा निकालिएको हो। पछिल्लो ३ बर्ष कोरोना संक्रमणको महामारीका कारण बाघ जात्रा नभएकोमा यसवर्ष खलंगा जात्रा संरक्षण समितिले बाघ जात्रा निकालेको हो।

समितिका संयोजक श्याम सिनालका अनुसार जात्रामा बाघ, राजारानी, आर्मी, शिकारीलगायतको अभिनय गरिएको छ। तत्कालीन बडाहाकिमलाई जाहेरी गर्ने र वडाहाकिमले बाघ मार्न आदेश दिने जस्ता प्रसंगलाई समेटेर स्थानीयले बाघजात्रा प्रदर्शन गर्ने गरेको उनले बताए।

तत्कालीन समयमा डडेल्धुरा सदरमुकाम बाघखोर तथा वरपरको बस्तीमा बाघको आतंक हुने र बाघको भयबाट बच्न बाघलाई खोरमा हाल्ने योजना अनुरुप हालको बजार क्षेत्रमा खोर बनाई बाघलाई थुन्ने गरेको सम्झनामा यो जात्रा मनाइँदै आएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।