२०८३ भाद्र १६ मंगलवार
२०८३ भाद्र १६ मंगलवार

प्रहरीसँग पीडित किशोरीले भनिन् मलाई त्यस रात सन्दीपले पटक पटक बलात्कार गरे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेको छ।
लामिछानेविरूद्ध आएको जाहेरी मंगलबार दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ। लामिछानेले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको जाहेरी आएको प्रहरीको भनाइ छ । लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए।

सोही राती आफूमाथि लामिछानेले पटक पटक बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ। काठमाडौं ९ स्थित एक होटलको ३०५ नम्बर कोठामा आफूमाथि लामिछानेले बलात्कार उनले दाबी गरेकी छन्।

जाहेरी दर्तासँगै पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीको भनाइ छ। घटनाको प्रहरी वृत्त गौशाला र परिसरले संयुक्त रूपमा अनुसन्धान अघि बढाएको छ। भदौ ६ गते लामिछाने टी २० सिरिज खेल्न केन्या गएका थिए। केन्यामा पाँच खेलको टी २० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।