२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

डडेल्धुरामा “नागरिकता विधेयक फिर्ता गर, मूल्य वृद्धि बन्द गर” भन्दै राके जुलुस

डडेल्धुरा- नेपाल विद्यार्थी संघ (विपी) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले सयुक्त राके जुलुस गरेको छ। ने.बि. संघ र रा.प्र.पाले , “राष्ट्रघाती नागरिकता विधेयक खारेज”, “महँगो मूल्य वृद्धि फिर्ता र अन्तर्राष्ट्रिय बजार मूल्य समायोजन हुने गरी पेट्रोलियम पदार्थ, ग्याँस” लगायत अन्य सामानको मूल्य निर्धारणको माग सहित राके जूलूस गरेको हो ।
जुलुस डडेल्धुरा बजार परिक्रमा गरी भीमदत्त शालिक नजिक कोणसभामा परिणत भएको हो । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो। विधेयकमा ४५ सांसदले ९४ संशोधन दर्ता  गरेका थिए।  यो लागू भएपछि यसले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने छ।
नागरिकता विधेयक खारेजको माग गर्दै देशभरी नै आन्दोलन तथा नाराजुलुस भैरहेका बेला डडेल्धुरामा समेत राके जुलुस गरिएको हो ।
त्यस्तै अहिले नेपालमा पेट्रोलियम पदार्थ तथा ग्यासको मुल्य आकाशियको छ । निगम सञ्चालक समितिले आर्थिक संकट गहिरिएको भन्दै पेट्रोलियम पदार्थको मूल्य धमाधम बढाउदै गएको छ । जनताको समस्या नबुझी आफू खुशी मूल्य बढाएको बन्दै जुलुस निकालिएको हो ।
जनताको चाहाना बिपरित रास्ट्रघाती नागरिकता विधेयक खारेज गर्नु पर्ने समेत माग राखेका छन । ने.बि.संघका डडेल्धुरा अध्यक्ष मदन बहादुर वोहराले सरकारले हाम्रा मागहरु सम्बोधन नगरे सम्म हामी आन्दोलनलाई निरन्तरता दिईरहने तथा थप संघर्षका कार्यक्रम गर्ने बाध्य हुने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।