२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

आरजुको नाम तीन ठाउँबाट सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको नाम अहिलेसम्म तीन क्षेत्रबाट सिफारिस भएको छ।

राणालाई कैलाली ५ र बाँके ३ बाट प्रत्यक्षमा लड्न सक्ने गरी उम्मेदवार सिफारिस गरिएको छ।

कैलाली ५ बाट राणाको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने बाँकेको क्षेत्र नम्बर ३ बाट उनीसहित उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री किशोरसिंह राठौरको नाम सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

यस्तै कांग्रेस डडेल्धुराको शुक्रबार बसेको बैठकले राणालाई प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि पनि सर्वसम्मत सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र समानुपातिकमा उनकी पत्नी राणाको नाम सिफारिस गरेको हो।

राणा २०७० सालको चुनावमा डडेल्धुराबाट समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेकी थिइन्। त्यसपछि २०७४ सालको निर्वाचनमा कैलाली(५ बाट प्रत्यक्षमा लडेकी राणा एमाले उम्मेदवार नारदमुनि रानासँग हारेकी थिइन्। रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत ल्याएकी थिइन्।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।