२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

शाहीको आक्रोश माधव नेपालले पार्टीलाई भिख माग्ने भाँडो बनाए

नेकपा एकीकृत समाजवादी छोडेर नेकपा एमालेमा फर्किएका निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीलेअध्यक्ष माधव नेपालप्रति कडा टिप्पणी गरेका छन्।
एमाले कञ्चनपुरले बुधबार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै शाहीले एमालेको कुनै कमिटीमा नबस्ने घोषणा पनि गरेका छन्।
‘म पार्टीको सदस्य समेत बस्दिनँ, बाहिरै बसेर सहयोग गर्न तयार छु, कुनै पनि कमिटीमा बस्दिनँ,’ उनले भने, ‘साथीहरुलाई एमाले फर्काउने अभियानमा लाग्नेछु। कांग्रेस र माओवादी हराउने अभियानमा सक्रिय हुनेछु।’ एकीकृत समाजवादी माग्ने भाडो भएको उनले बताए।

‘माधव नेपालजीले पार्टीलाई माग्ने भाडो बनाउनुभयो, उहाँले शेरबहादुर देउवासँग माग्ने भाडो बनाए,’ उनले भने, ‘जुन उद्देश्यकासाथ पार्टी बन्यो, त्यो गर्न सकेन, पार्टी बनाउनु भन्ने नेताहरुका लागि त्यहाँ ठाउँ रहेनछ।’अवसरका लागि एमालेमा नफर्किएको उनले बताए।

‘१४ वर्षको उमेरदेखि राजनीतिमा लागेँ, ३४ वर्ष भयो, अहिलेसम्म वडा अध्यक्षसमेत भएको छैन,’ उनले भने, ‘एमालेमा फर्किनुस् भन्दा अवसरका लागि भनियो। हामी अवसरका लागि एमालेमा फर्किएका होइनौँ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।