२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

सुदूरपश्चिममा गौरा पर्व मनाइँदै, आज ‘ठुली गौरा’

डडेल्धुरा ः सुदूरपश्चिममा शुक्रबार गौरा पर्व मनाइँदैछ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको हो। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो।

गौरा पूज्नका लागि बिरुडा भिजाएर मनाइने गौराको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउनेछन्। आजको दिनलाई ‘ठूली गौरा’ भनेर मनाइन्छ। व्र्रतालु महिलाहरुले बिहानै नुहाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ।

‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरी व्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन्। साउँ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइन्छ। व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ।

आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन्। यसका साथै साँझको समयमा व्रतालु महिलाहरुले कुण्डस्नान गर्ने गर्दछन्। गौराको मुख्य दिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रहीआएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।