खप्तड छान्ना गाउँपालिका वडा नं. ७ फाँटे र किम्सैन टोल पहिरोको उच्च जोखिममा परेका छन् ।
पहिरोबाट गोर्खाली फाँटे टोलका बिर्ख बहादुर सिंह, हिरा सिंह र रतन सिंहको घरमा पनि क्षति पुगको छ । पहिरोबाट भने कुनै मानवीय क्षति भने भएको छैन । त्यस्तै किम्सैन टोलमा नरेन्द्र बहादुर खड्का, सुरेन्द्र खड्का र जयराम खड्काको घरमा सामान्य क्षति गर्नुका साथै ती घरहरु उच्च जोखिममा रहेका छन् ।
पहिरोले गर्दा उच्च जोखिममा भएका उक्त टोलका स्थानियहरु अरुको घरमा सहारा लिएर बस्न बाध्य भएका छन भने केही आफन्तको घरमा बस्दै आएको किम्सैन टोलका नरेन्द्र खड्काले जानकारी दिए ।
पहिरोको उच्च जोखिममा फाँटे र किम्सैन टोलका २५ घरपरिवार रहेका छन् । टोलका स्थानियहरुले सम्बन्धित गाउँपालिकाबाट उद्दारका साथै घर निर्माणका लागि आर्थिक सहायताको माग गरेका छन् ।
Views: 46