२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

नेपालकै अनौठो शक्तिसाली देवीको मन्दिर जहाँ ऐनै ऐनाले भरी भरीभराउ छ !

सिन्धुली । हामीलाई देवी देवतामा धेरै बिश्वास गर्छौ । र परम्परा देखि पुजाआजा, दान, धर्म, बर्त हरु गर्दै आइरहेका छौ । नेपाल धार्मिक दृष्टिले पनि बिशेष महत्व बोकेको देश हो । यँहा देखि देवी देवताको मठ मन्दिर हरु पनि छ। त्यस्तै औता मन्दिरको बारेमा भन्न गैरहेका छौ।

पूर्वी पहाड र मध्य तराईबाट राजधानी भित्रिने सबैभन्दा छोटो दूरी मा रहेको छ बिपी राजमार्ग । जहाँ दैनिक साना ठुला गरि हजारौं सवारी साधन चल्ने गदर्छ, जुन मार्गलाई जापान सरकार को सहयोग मा निर्माण गरेको हो।

सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ । काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी– नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर । जुन ठाउँको सडकमा हजारभन्दा बदी ऐनाहरु टाँसेको देख्न सकिन्छ । यो दृश्य देख्ना साथ सबैको मनमा एक किसिमको कौतुहलता पैदा हुनु स्वभाविकै हो।

सडकको भित्ताभरी ऐना टास्नुको पछाडि धेरै कुराहरु लुकेको छ । जब कोही यात्रु होस् अथवा सवारी चालक त्यहाँ पुग्नु अगाडि नै सबैको मनमा एक किसिमको डर पैदा हुन्छ । जुन ठाउँ धेरै दु्घर्घटना हुने गर्दछ । केही तथ्यलाई हेर्दा विसं २०५८ वैशाख २० गते सिन्धुलीबाट काठमाडौं जाँदै गर्दा मुलकोट नजिकै रहेको रिट्ठे भीरमा बस खस्दा १४ जनाको निधन भएको थियो । २०६८ असोज २६ गते त्यसै ठाउँमा बस खस्दा बसका सबै यात्रु ४२ जनाको निधन भएको थियो ।

त्यसको ठिक छ वर्षपछि २०७६ असोज २६ गते ६ जनाको निधन भएको थियो । जुन ठाउँमा धेरै यात्रुहरुले ज्या न गुमाएका छन् । हजारौं ऐनाहरु भित्र लुकेका अनेकै रहस्यहरु आजभन्दा धेरै वर्ष अगाडि त्यस ठाउँमा सानो र साघुरो गोरेटो बाटो थियो । बाटो नजिकै एउटा ठुलो सालको रुख थियो । रुखमुनि सानो पोखरी थियो । जुन पोखरीबाट पानी आउथ्यो । मानिसलाई पानी लैजान सजिलो हुन्थ्याे। तर जापान सरकारले सडक बनाउने क्रममा पानी र पोखरी दुवै मासिदियो ।

त्यसको केही समयपछि यात्रुवाहक वस शुनकोशी नदीमा खस्दा ४२ जनाको निधन भएको थियो, जसको आत्माले शान्ति पाओस् भनेर सप्ताह पनि लगाइदिए स्थानीयहरुले । सप्ताह लागेको बेला एक्कासी एउटी महिलामा देवी उत्पन्न भएर उनले बोकेको भरमा कोशीमा गएर सेतो ढुङ्गा लिएर एउटा रुखको जराको सेतो र रातो कपडाको धोजा बनाएपछि मन्दिर बनाएको स्थानीयहरु बताउँछन् । देवी मातालाई मन पर्ने भनेर ऐनाहरु राखियो । बिस्तारै ऐनाले धेरै संख्या लिन पुग्यो ।

ऐनाको दृश्यमा भुतप्रेत आउने नसक्ने र मानिसलाई दुःख दिन नसक्ने भएकाले यस स्थानमा ऐना राख्ने गरिएको जनविश्वास रहेको छ । आजभोलि त्यस स्थानमा जाने जोकोहीले पनि ऐना टाँस्ने गर्दछन् । यात्रु होस् या सर्वसाधरण त्यस ठाउँमा पुगेपछि केही समय रोकिएर ढोग्ने गर्दछन् । अझै पनि त्यहाँ पुग्नु अगाडि नै मानिसहरुको मनमा एक किसिमको डर पैदा हुने गर्दछ ।

यस्तो छ तेहा बनाएको एक भिडियो रिपोर्ट भिडियो सहित।

https://www.youtube.com/watch?v=TLQ6xpKikNk&feature=emb_title

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।