२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

अस्ट्रेलिया रोजेका अधिकांश नेपाली विद्यार्थीले पाएनन् भिसा

वैदेशिक अध्ययनका लागि केही महिनाअघि सबैभन्दा धेरै नेपाली विद्यार्थीले आवेदन गरेको र भिसासमेत प्राप्त गरेको अस्ट्रेलियामा अहिले भिसा रिजेक्सन ९अस्वीकार० उच्च छ । भोकेसनल एजुकेसन एण्ड ट्रेनिङ –भेट-का लागि भएको आवेदनको झण्डै ९० प्रतिशत भिसा रिजेक्सन भएको छ । उच्च शिक्षाका लागि आवेदन गर्नेको भिसा प्राप्ती भने तुलनात्मक रुपमा केही धेरै छ ।

शैक्षिक परामर्श व्यवसायीहरू अहिले अस्ट्रेलियामा भेटका कोर्स अध्ययन गर्न आवेदन गर्नेको करिब १० प्रतिशतको मात्रै भिसा लागेको छ । उच्च शिक्षाको हकमा भने ५०–६० प्रतिशतको भिसा लागेको छ । ‘पछिल्लो समय अस्ट्रेलिया अध्ययनमा आवेदन गर्ने नेपाली विद्यार्थीको भिसा अस्वीकार अत्यधिक छ । भेट कोर्समा ९० प्रतिशतसम्म भिसा अस्वीकार भएका छन् । उच्च शिक्षामा यो दर ४० प्रतिशत रहेको अनुमान छ,’ राष्ट्रिय शैक्षिक परामर्श संघ ९नेका०का अध्यक्ष सन्तोष प्याकुरेलले भने ।

बम
कोभिडका कारण अन्तर्राष्ट्रिय विद्यार्थीको अध्ययन आगमन रोकेको अस्ट्रेलियाले खुला गरेलगत्तै ठूलो संख्यामा भिसा लागेको थियो, तर केही महिनायता यो दर निरन्तर घटिरहेको छ । गत जुन महिनामा भेट कोर्समा सबैभन्दा कम अर्थात् २२ प्रतिशत नेपाली विद्यार्थीको मात्रै भिसा लागेको छ । कुल पाँच हजार सात सय ४८ नेपाली विद्यार्थीले भिसा आवेदन गरेकामा दुई हजार पाँच सय आठ अर्थात् ४३।६३ प्रतिशतको भिसा लागेको थियो । यसमध्ये उच्च शिक्षातर्फ तीन हजार पाँच सय ७९ ले आवेदन गरेकामा दुई हजार १८ अर्थात् ५६।३८ प्रतिशतको भिसा लागेको थियो । भेटतर्फ दुई हजार एक सय ६३ आवेदनमध्ये चार सय ८५ अर्थात् २२।४२ प्रतिशतको मात्रै भिसा लागेको थियो । जुन महिनामै पोस्ट–ग्र्याजुयट रिसर्च क्षेत्रमा ६ जनाले आवेदन दिएकामा पाँचजनाको भिसा लागेको थियो ।

गत जनवरीदेखि जुनसम्म आवेदन गर्ने २१ हजार ६ सय ७१ जनाले आवेदन गरेकामा १४ हजार एक सय ३८ विद्यार्थीको भिसा लाग्यो । पोस्ट–ग्र्याजुयटमा ३१ जनाले भिसा पाए । ६ महिनाको अवधिमा २१ हजार ६ सय थियो भने कुल १४ हजार एक सय ३८ अर्थात् ६५ प्रतिशत भिसा पाए । जुलाई महिनाको विवरण अस्ट्रेलियन सरकारले वेबसाइटमा सार्वजनिक गरिसकेको छैन । उनीहरूसँग डिपेन्डेन्ट भिसामा जानेको संख्यासमेत छ ।

अ‍ेस्ट्रेलिया अध्ययनका लागि परामर्श दिने व्यवसायीहरूको संस्था ऐरीका अध्यक्ष द्विराज शर्माले अस्ट्रेलिया अध्ययनका लागि अहिले कागजातमा कडाइ गरेको बताए । कतिपय नेपाली विद्यार्थीको ‘स्तर’लाई लिएर आलोचना भएपछि अस्ट्रेलियन सरकारले कागजातमा कडाइ गरेको उनको भनाइ छ । ‘गत जुनयता भिसा रिजेक्सन बढेको छ । अहिले युनिभर्सिटीमा अध्ययन गर्न जानेको हकमा धेरैको भिसा लागे पनि भेट कोर्समा एकदमै न्यून मात्र भिसा लागेको छ,’ उनले भने, ‘भिसा सफलता दर कम भएपछि आवेदनसमेत कम हुन थालेको छ ।’

कोभिड– १९ को संक्रमण विश्वमा बढ्न थालेपछि अस्ट्रेलियाले सन् २०२० मा सीमानाका बन्द गरेको थियो । कोभिड महामारी रोकिएपछि गत डिसेम्भरबाट अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका लागि सीमा खुला गरेको थियो । सीमा खुला भएसँगै आवेदन गर्ने अधिकांश नेपाली विद्यार्थीको भिसा लागेको थियो ।

समग्रमा एनओसी लिने घटे, तर अन्यत्रको तुलनामा अस्ट्रेलियामा अझै आकर्षण
अस्ट्रेलियामा विद्यार्थीको भिसा लाग्ने दर कम भएपछि शिक्षा मन्त्रालयबाट एनओसी लिनेको संख्यासमेत घटेको छ । तर, अन्यत्रको तुलनामा अस्ट्रेलिया अध्ययनकै लागि एनओसी लिनेको संख्या धेरै छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत साउनमा सबैभन्दा बढी झन्डै चार हजारले अस्ट्रेलिया अध्ययनका लागि एनओसी लगेका छन् । अस्ट्रेलिया अध्ययनका लागि एउटा विद्यार्थीले एकभन्दा बढी एनओसीसमेत लिने गरेका छन् । गत साउनमा अस्ट्रेलियाका लागि चार हजार एक सय तीन, बेलायतका लागि नौ सय २६, अमेरिकाका लागि सात सय ४३, क्यानडाका लागि ६ सय ४५ र कोरियाका लागि दुई सय ६३ ले एनओसी लगेका छन् । अस्ट्रेलियाको बोर्डर खुलेपछि एनओसी लिनेको संख्या निकै बढेको थियो । एकै दिनमा झन्डै १२ सयले एनओसी लगेका थिए । अहिले दैनिक तीन सयको हाराहारीमा एनओसी जारी भएका छन् ।

गत वर्ष पनि सबैभन्दा धेरै एनओसी अस्ट्रेलियाका लागि भएको थियो
०७८र७९ मा शिक्षा मन्त्रालयबाट कुल एक लाख १४ हजार चार सय २९ जनाले एनओसी लगेका थिए । यस वर्ष वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्या र बिदेसिएको रकमले नयाँ रेकर्ड बनाएको थियो । दुई वर्ष कोभिड– १९ का कारण प्रभावित बनेको वैदेशिक अध्ययन सहज भएपछि ०७८र७९ मा तेब्बरभन्दा बढीले एनओसी लगेका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार सोही वर्ष ६४ देशमा अध्ययनका लागि अनुमति लगेका छन् । १ साउन ०७८ देखि ०७९ असार मसान्तसम्ममा एक लाख १४ हजार चार सय २९ एनओसी जारी भएका छन् । ०७७र०७८ मा जम्मा २९ हजार चार सय ३२ एनओसी जारी भएका थिए ।

गत वर्ष पनि नेपाली विद्यार्थीको आकर्षणको मुख्य केन्द्र अस्ट्रेलिया बनेको थियो । कुल एनओसी जारी भएकामध्ये आधाभन्दा बढी अस्ट्रेलियामा अध्ययनका लागि थिए । ०७७र७८ मा भने धेरै नेपाली विद्यार्थी जापान गएका थिए । जापानका लागि आठ हजार एक सय ४६ र दोस्रो गन्तव्य अस्ट्रेलियाका लागि चार हजार आठ सय ४९ जना विद्यार्थीले एनओसी लिएका थिए ।

वैदेशिक अध्ययनमा सुरुमा प्रतिविद्यार्थी औसत १३ लाख खर्च
जापान र ओरिकाका लागि एनओसी लिएका ९९ प्रतिशतको भिसा लागेको छ । जापानको सिओई पाएपछि र अमेरिकामा भिसा आएपछि एनओसी लिन्छन् । क्यानडाका लागि ६३ प्रतिशतको भिसा लाग्ने गरेको परामर्श व्यवसायीको भनाइ छ । सुरुमा अध्ययन गर्न जानका लागि प्रतिविद्यार्थी औसतमा १३ लाख खर्च हुने गरेको छ । यो युनिभर्सिटी तथा कलेज शुल्कको औसत शुल्क हो । गत आर्थिक वर्षमा शिक्षाका लागि झन्डै ७० अर्ब रुपैयाँ बाहिरिएको थियो । नयाँ पत्रिका बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।