२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

मासु काटिरहेको सपना देखिरहेका युवकले सपनाको तालमा झुक्किएर आफ्नो गुप्ताङ्ग काटे

काठमाडौं । एक व्यक्तिले सुतिरहेको बेला आफूले मासु काटिरहेको सपना देखिरहेका थिए । सपनामा उनी मासु काट्न मस्त थिए तर सपनाको तालमा उनले साँच्चिकै आफ्नै गुप्तांग काटेका छन् । उनी सुतिरहेको बेला उनको हातमा वास्तवमै चक्कु थियो । निद्रामै असह्य पीडा भएपछि ब्यूँझँदा उनी आत्तिए । उनी रगतले लतपतिएका थिए ।

उक्त व्यक्तिको नाम कोफी अटा हो। उनी घानाका हुन् र पेसाले किसान हुन्। कोफीले सुतेको बेला आफ्नै गुप्ताङ्गमा चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

कोफीले भने कि जब उनी उठे, उनले आफ्नो गोप्य भाग काटिएको पाए। उनले निद्रामा बाख्रा काटिरहेको सपना देखेको दाबी गरे । जीएचवन टिभीको रिपोर्ट अनुसार कोफी आफ्नो प्राइभेट पार्टमा गहिरो पीडा महसुस गरेपछि ब्युँझिए। यो घटना १२ अगस्टको हो।

बीबीसी पिडगिनसँगको कुराकानीमा कोफीले अहिले आफ्नो अस्पतालमा उपचार भइरहेको बताए । तर उनको शल्यक्रिया गर्नुपर्ने देखिन्छ । कोफीले शल्यक्रियाका लागि कोम्फो अनोक्ये शिक्षण अस्पताल ९काठ० जानुपर्ने बताएका थिए । यसका लागि उनलाई पैसा चाहिन्छ।

एबीसी न्यूजको रिपोर्ट अनुसार कोफीले आफू कुर्सीमा सुतिरहेको बताएका थिए । उनको हातमा चक्कु कहाँबाट आयो भन्ने पत्तो थिएन । घटनाको समयमा कोफीकी श्रीमती एडवोवा कोनाडु कुनै यात्रामा थिइन् भन्ने रिपोर्टले दाबी गरेको छ। छिमेकीले उनलाई सम्पर्क गरेका थिए ।

जब कोफीकी श्रीमती घर पुगिन्, उनले आफ्ना श्रीमान् रगतले लतपतिएको देखिन्। उनी दौडेर रगत रोक्नको लागि डायपर ल्याइन्। गम्भिर चोट लागेका कारण उनलाई तत्कालै अस्पताल लगिएको थियो । कोफीको शरिरमा काटिएको गोप्य भाग जोडिएको चिकित्सकहरुले बताएका छन् ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।