२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

भ्रष्ट, जालीफटाह र सुराकी निसानामा पर्ने नेकपाको चेतावनी

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डोटीले आज एक बिज्ञप्ती जारी गरी आफ्नो कार्यकर्ता गि’रफ्तारीको निन्दा गरेको छ ।

जिल्ला इन्चार्ज तर्कराज र सचिव कालुपाण्डे द्धारा हस्ताक्षरित बिज्ञप्तीमा आफ्ना नेता कार्यकर्ताको अनावश्यक धरपकड र गिरफ्तारीको भत्सर्ना गर्दै यस्ता कदम नरोके कडा प्रतिरोध गर्ने जनाएको छ ।

प्रेस विज्ञप्ति

देशमा यतिबेला केपि(बादल गिरोह र उसका मतियारहरुको लुटपाट, भ्रष्टाचार, कमिशनखोरी, दलाली, जनदमन र क्रा’न्तिकारीहरु माथी श्वेत आतंक चलिरहेको छ। हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी जनतन्त्र , जनजिविका र राष्ट्रियताको सवालमा निरन्तर संघर्ष गर्दै आईरहेको कुरा सर्वविदितै छ।

मिति २०७७/०४/२९ गतेका दिन धनगढी बाट उपचार गरि फर्किने क्रममा हाम्रो पार्टीका जिल्ला कमिटी सदस्य कमरेड कृष्ण ब। बोहरा लाई बड्डिकेदार गाउँपलिकाको विपिनगर बाट दलाल सत्ताका मतियारहरुले बिनाकारण गिर’फ्तार गरि झुठ्ठा मु’द्दामा फसाउने ष’ड्यन्त्र गरेको घृ’णित हर्कत प्रती घोर भत्स’र्ना र नि’न्दा व्यक्त गर्दछौं। यस डोटी जिल्लामा भैरहेको भ्रष्टाचार, कमिशन र दलालीको भन्डा’फोर गर्दै यस्ता कुकार्य र जनवि’रोधी गतिविधिका विरु’द्धमा हाम्रो पार्टी सं’घर्ष गर्दै आईरहेको हुँदा विगत केही समय यता गाउँघर रहेका फटाहहरु र भ्रष्ट जनप्रतिनिधिहरुको योजनामा प्रहरी प्रशासन र सिआईडी सुराकीहरुले हाम्रो पार्टीका नेताकार्यकर्ताहरुको घरमा खानतलासी गर्ने, पार्टी शुभचिन्तकहरु लाई ध’म्काउने गतिविधि गर्दै आएका छ्न।

यस्ता अमानवीय र मानवअधिकार विरो’धी हर्कत तत्काल रोक्न संबंधित सबै लाई सचेत गराउदछौ। अन्यथा पार्टीको आवश्यक जनकार’बाहीको सामना गर्न तयार हुनुपर्ने छ।

अन्त्यमा , विपिनगर बाट गिरफ्तार क। कृष्ण ब। बोहरा लाई निसर्त ससम्मान रिहाईको जोडदार माग गर्दछौं। अन्यथा दलाल सत्ता र त्यसका मतियारहरु ले आवश्यक क्षति बेहोर्नुपर्ने कुरा यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं।
क्रा’न्तिकारी अभिवादन सहित

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।