२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

सदनबाट आजै नागरिकता विधेयक पारित हुँदै

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार प्रतिनिधि सभाबाट पारित गर्ने सत्ता गठबन्धनको तयारी छ । राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै प्रतिनिधि सभामा पठाएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ लाई आज सांसदले पारित गर्दैछ ।
राष्ट्रपति भण्डारीले उक्त विधेयकमा रहेको केही प्रावधानबारे पुनर्विचार गर्न उक्त विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर विधेयक जस्ताको तस्तै अघि बढाउने सत्ता गठबन्धनमा आबद्ध दलहरूले समझदारी गरेका छन्।
सत्ता गठबन्धनको निर्णयपछि गृहमन्त्री बालकृष्ण खाँणको आग्रहमा संसद्ले विधेयक पारित तयारी थालेको छ। आज प्रतिनिधि सभामा गृहमन्त्रीले सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् प्रस्ताव पेस गर्दै छन् । त्यसपछि सन्देशमा उठाइएका विषयमा आधारित भएर छलफल हुनेछ। छलफलपछि विधेयक पारितको कार्यसूची छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।