बैतडी- सुर्नाया नदीमा एक महिलाको शव फेला परेको छ । सुर्नया ५ रौलेश्वर स्थित सुरेन्द्र मडैकी ३९ वर्षीय श्रीमती जानकी मडैको पाटन नगरपालिका वडा नं १ को भुङ्ङ भन्ने ठाउमा शव फेला गरेको हो ।
यहि साउन २६ गते घरबाट घाँस काट्न गएकी मडै बेपत्ता रहेकी थिइन । स्थानिय तथा प्रहरीको टोलीले खोजी गर्दा पाटन नगरपालिका १ स्थित सुर्नया नदीको भुङ्ङ भन्ने ठाँउमा उनको शव फेला गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक धन देव सावदले जानकारी दिनुभयो ।
“घरबाट नजिकैको भिरमा घास काट्न गएकी र सोहि अवस्थामा नदीमा बगेको प्रारम्भीक अनुसन्धानबाट बुझिएको छ।” प्रहरी निरिक्षक सावदले भन्नुभयो, “पोष्टमाटमको लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याउदैछौ ।”
Views: 26