२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बझाङमा छोराछोरीसहित आमा मृत भेटिएको घटनाको अनुसन्धानमा सीआईबी खटियो

धनगढी । बझाङको बुङ्गल नगरपालिका–९ मा आमासहित दुई जना छोराछोरी समेत मृत भेटिएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीकाअनुसार घटनाको अनुसन्धान गर्न सीआईबीको टोली बझाङ पुगेको छ ।
प्रहरी निरीक्षकले नेतृत्व गरेको उक्त निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका टोलीका समेत गरेर ६ जना सदस्यले बझाङ पुगेर अनुसन्धान थालेको अवस्थीले जानकारी दिए । घटनालाई गम्भीर रुपमा लिदै जिल्ला प्रहरी कार्यालयले अनुसन्धानमा प्राविधिक सहयोग मागेपछि सीआईबीको टोली आएको हो ।
बुधबार बिहान बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की, उनका ५ वर्षीया छोरी र ३ वर्षीय छोरा एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
मृतक गीताका श्रीमान अन्दाजी २७ वर्षीय पुष्कर पार्की मंगलबार अबेर राति भारतको पिथौरागढबाट घर पुगेका थिए ।
गत वर्ष छिमेकीबाट जबरजस्ती करणीको सिकार भएकी श्रीमती गीतामाथि पुष्करले चरित्रको प्रश्न उठाउन थालेपछि उनीहरुको सम्बन्ध बिग्रिदै गएको थियो । घटना भएको राति समेत उनीहरुबीच भनाभन भएको प्रहरीलाई दिएको प्रारम्भीक बयानमा उनले बताएका छन् ।
माइती पक्षले दिए किटानी जाहेरी
मृतक गीताका माइती पक्षले उनका श्रीमान पुष्कर पार्कीविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीकाअनुसार मृतकका काका गगन बिकले पुष्करविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दर्ता गरेका हुन् ।
किटानी जाहेरी दिएपछि अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेका पुष्करलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा रािखएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।