२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

यदि यो भागमा कोठी छ भने दाम्पत्य जीवन एकदमै दुखि रहन्छ

एजेन्सी – मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ |हामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल Mole वा निभ्स नः Nevus भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । कुनै-कुनै वंशाणुगत रोगमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ ।

हाम्रो छालालाई रङ्ग उत्पादन गर्न मेलानोसाइट Melanocyt भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रङ्ग बनाउने कोषले ५ देखि ८ वटासम्म साधारण छालाको कोषलाई रङ्ग दिन्छ । कुनै-कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं ।

साधारणतया छालाको पत्रमा रहने हिसाबले कोठीलाई तीन भागमा वर्गीकरण गरिन्छ । कोठीका कणहरू छालाको मध्यभागमा मात्र छन् भने त्यसलाई कम्पाउन्ड निभ्स भनिन्छ तर कोठीका कणहरू छालाको माथिल्लो र मुन्तिरको पत्रको बीचमा छन् भने त्यसलाई जड्ढसनल Junctional िकोठी भनिन्छ । यदि सम्पूर्ण कणहरू छालाको मुन्तिरको पत्रबाट मात्र आएका हुन् भने त्यस कोठीलाई र्डमल कोठी भनिन्छ । कणहरू रहेको स्थानको कारणबाट कोठीहरू धेरै कालो, खैरो वा हल्का कालो, रातो देखिने हुन्छ । कुनै कोठी धेरै ठूला हुन्छन् भने कुनै स-साना टीकाजस्ता देखिन्छन् । त्यस्तै कुनै-कुनै कोठी जन्मजात ठूलो र रौंहरू भएको हुन्छ । यसलाई वंशाणुगत कोठी भनिन्छ । यो शरीरको जुन भागमा पनि हुन सक्छ । कसै-कसैलाई तिलको दानाजस्ता थुप्रै कोठीहरू आउन सक्छन् । यसलाई तिलकोठी वा ँमखिया’ भन्ने गरिन्छ । यो उमेर बढ्दै गएपछि प्रस्ट देखिन थाल्छ र जाडो महिनामा अलि गाढा देखिन्छ । यो हात, मुख, जीउ सबै ठाउँमा हुन्छ ।

यस्तै प्रकारको अर्को गाढा साना कोठीहरू हुन्छन्, जुन घामले देखिने भाग जस्तै- मुख, हातमा प्रस्ट देखिन्छ । यसलाई लेन्टिजेनस Lentigenes भनिन्छ । यसलाई घामको किरणले बढाउने गर्छ । यीबाहेक ब्लु निभ्स, स्पिट्ज निभ्स (Spitz Nevus), बर्ेकर्स निभ्स (Becher’s Nevus) जस्ता अन्य अस्वाभाविक कोठीहरू पनि हुन्छन् । कोठी शरीरको कुनै पनि भागमा देखा पर्न सक्छ । छालामा मात्र नभएर आँखा, मुख, यौ’ना·, नङसहित भित्री अ·हरूमा पनि कोठी हुन सक्छ ।

हाम्रो शरीरको विभिन्न भागमा रहेको कोठीको बारेमा छुट्टाछुट्टै धारणा रहेको छ भने अन्धविश्वास पनि रहँदै आएको छ । यदि गर्भवती महिलाले बच्चाको जन्मपूर्व केही डरलाग्दो घटना वा केही उत्तेजक घटनाको सामना गर्नुपर्‍यो भने बच्चाको शरीरमा एउटा कोठी आउने गर्छ भन्ने अन्धविश्वास रहि आएको छ । त्यही भएर कोठी कस्तो प्रकारको हुन्छ भन्ने कुराको निर्धारण पनि आमा डराउने वा उत्तेजित हुने कुराले नै निर्धारण गर्ने विश्वास गरिन्छ ।

जे–जस्तो अन्धविश्वास भए पनि अझै विज्ञानले पनि कोठी कसरी पैदा हुन्छ र यसको रोकथाम कसरी गर्ने भन्ने कुराको समाधान पत्ता लगाउन सकेको छैन । जन्मदैं वा जन्मेको केही समयपछि बच्चाको छालामा कोठी पैदा हुन्छ । त्यसैले कोठीलाई कहिलेकाहीं जन्मदाग पनि भनिन्छ । सुन्दा अचम्म लाग्न सक्छ तर पृथ्वीमा भएका हरेक मानिसको जीउमा कम्तीमा पनि एउटा कोठी हुने गरेको छ ।

औसतमा भन्ने हो भने त एउटा मान्छेको जीउमा करिव १४ वटा कोठी हुन्छन् । कोठी मानिसको शरीरको कुनै पनि भागमा आउन सक्छ । कहिलेकाहीँ त मानिसको तालुमा पनि कोठी आउने गर्छ ।

वास्तवमा कोठी भनेको नचाहिंदो रुपमा बढेको मांशपेशी वा कोषका केही भागहरु मात्र हुन् । जहाँ कोठी बन्छ, त्यहाँको केही कोष वा मांशपेशी बढ्छ र कालो भाग देखापर्छ । त्यसलाई कोठी भनिन्छ । जुनसुकै प्रकारको कोषको पनि कोठी बन्न सक्छ । त्यसमा रगतका नशाहरु पिगमेन्ट भएका कोषहरु कपालको जडमा रहेको कोषहरु आदि पर्ने गर्दछन् ।

विभिन्न प्रकारको कोष तथा माशंपेशीमा कोठी बन्ने हुँदा हरेक कोठी एक आपसमा फरक हुन सक्छन् । कसैकसैले शरीरमा कोठी आयो भने राम्रो मान्दैनन् । किनभने कहिलकाहीं कोठी पछि गएर क्यान्सरमा पनि परिणत हुन सक्ने सम्भावना हुन्छ । तर यो एकदमै कम मानिसमा मात्रै देखा पर्छ ।

कोठीले छालालाई नराम्रो देखाइदिने हुँदा पनि धेरैले कोठी मन पराउँदैनन् । यदि कोठीको आकारमा वृद्धि भयो भने वा त्यसको रङमा परिवर्तन भयो भने पनि त्यसलाई हटाएर फाल्नु उपयुक्त हुन्छ । कहिलेकाहीँ कोठीको छाला निस्कने गर्छ, त्यसबाट रगत पनि बग्ने गर्छ । यसो भयो भने पनि क्यान्सर वा अरु कुनै रोग लाग्न सक्छ । यस्तो अवस्थामा कोठीलाई हटाउनु पर्ने चिकित्सकहरुको भनाइ छ ।

कोठी निकाल्दा जहिले पनि चिकित्सको सल्लाह अनुसार निकाल्नु जरुरी हुन्छ ।

शरीरको कुन भागमा कोठी भए के हुन्छ ?

मानिसहरुको शरीरमा कोठी हुनु त सामान्य कुरा हो । सायद तपाई हामी मध्ये कतिलाई त थाहा नै नहोला की कोठीले पनि मानिसको भाग्य निर्धारण गर्दछ अर्थात् ज्योतिष शास्त्रमा कोठीले पनि मानिसको भाग्य र व्यवहार बताउन सक्ने चर्चा गरिएको पाइन्छ । शरीरको कुन भागको कोठीले के कुराको संकेत गर्दछ त ? आज हामी बताउदै छौ तपाईहरुलाई शरीरको विभिन्न भागमा हुने कोठीहरुको अर्थ र संकेत ! यदि कसैको निधारमा कोठी छ भने उ बलवान हुन्छ ।

कसैको चिउडोमा कोठी भएमा उ आफ्नी श्रीमतीसंग खासै प्रेम गर्दैन र आफ्नी श्रीमतीको रेखदेख गर्दैन भन्ने बुझ्न सकिन्छ ।यदि कसैको दाहिने आँखामा कोठी हुन्छ भने उ आफ्नी श्रीमतीसंग बहुतै प्रेम गर्छ र आफ्न श्रीमतीको राम्रो ख्याल राख्छ भन्ने बुझाउँछ ।

देब्रे(बायाँ) आँखामा कोठी हुने व्यक्तिको श्रीमतिसंग झ’गडा भइरहन्छ । दाम्पत्य जीवन एकदमै दुखि रहन्छ । दाहिने गलामा कोठी हुनेहरु धनवान हुन्छन । उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ । देब्रे गलामा कोठी हुनेहरु भने बढी खर्चालु हुन्छन । ओठमा कोठी हुने मान्छे बढी उ’त्तेजक हुन्छन र यिनीहरुको मन् खाली का’मवासनासम्बन्धि कुराहरुमा मात्रै अ’ड्कि रहन्छ ।

कानमा कोठी हुनु भनेको अल्पायुमै निधन हुने अर्थात् कम उमेरमा नै निधन हुने संकेत हो । कानमा कोठी हुने मानिसहरु लामो उमेरका हुदैनन भन्ने मान्यता ज्योतिष शास्त्रको छ ।

गर्धनमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई त्यस्तै जिन्दगि मिल्छ पनि । दाहिनेपट्टि हातमा कोठी हुने मानिसलाई खुबै मान-प्रतिष्ठा मिल्छ । यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ ।

दाहिनेपट्टिको हातमा कोठी हुने मानिस झ’गडालु हुन्छन भन्ने संकेत हो ।जोसुकैको नाकमा कोठी हुन्छ उनीहरुलाई यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । कुनै ना कुनै कारणले यिनीहरु यात्रा गरिरहन पाउछन ।

दाहिने छातीमा कोठी हुनु भनेको स्त्रीप्रति प्रेम हुनुको संकेत हो । जसको दाहिने छातीमा कोठी हुन्छ उनीहरु आफ्नी पत्नीलाई खुबै प्रेम गर्छन् ।देब्रे छातीमा कोठी छ भने त्यस्ता मानिसहरुको आफ्नी श्रीमती वा अन्य महिलाहरुसंग कुनै ना कुनै बहानामा झ’गडा भइ रहन्छ ।

कमरमा कोठी हुनु भनेको जिन्दगिभरि समस्याहरुसंग ल’डिरहनु पर्छ भन्ने कुराको संकेत हो । पेटमा कोठी हुने मानिसहरु राम्रो र मिठो मसिनो खानाको भोका हुन्छन । पिठ्युँमा कोठी हुने मानिसहरु आफ्नो जीवनकालमा कयौं यात्रा गर्छन ।

दाहिने हत्केलामा कोठी हुनु भनेको तपाई बलवान हुनुहुन्छ भन्ने कुराको प्रमाण हो । जसको पनि देब्रे हत्केलामा कोठी हुन्छ त्यो मान्छे अत्यधिक खर्चालुमध्येमा पर्छ । दाहिने खुट्टामा कोठी हुनु भनेको व्यक्ति बुद्धिमान छ भन्ने संकेत हो ।कुनै मान्छेको देब्रे खुट्टामा कोठी छ भने पनि यिनीहरुको खर्च अत्यधिक हुन्छ भन्ने बुझ्नुपर्छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।