डडेल्धुरा ः डडेल्धुरामा नेविसंघको संगठन विस्तार तिव्रता दिएको छ । विद्यार्थीका हकहितमा काम गर्ने लक्ष्यका साथ संगठन विस्तारमा लागेको नेवसिंघका कार्यबहाक अध्यक्ष पवन ऐरले बताए। डडेल्धुराको महेन्द्र्र मा.वि., माउन्टेन स्कुलमा संगठन विस्तार गरेको छ । डडेल्धुराको माउन्टेन बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को संगठन विस्तार गरिएको छ। सुरेन्द्र बहादुर कठायतको अध्यक्षतामा क्याम्पसमा संगठन विस्तार गरिएको हो।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववीयू सभापति जगत ऐरको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस जिल्ला सदस्य हरिस महराको बिशिस्ट अतिथि भएको उत्त कार्यक्रम नेविसंघ डडेल्धुराको संगठन निर्माण अभियानका संयोजक पवन ऐरको अध्यक्षतामा सम्पन्न भएको हो।
संघको उपाध्यक्षमा पवन चन्द, घनश्याम ऐर र बविता चन्द, सचिवमा टेकराज ओझा र श्रीशा राना, सहसचिवमा निराजन देउवा र कोषाध्यक्षमा निर्मला चन्द चयन भएका छन्। यस्तै संघको सदस्यमा विमला कठायत, तीर्थराज अवस्थी, मोहनराज ओझा, सरिता जोरा, दिक्षा महरा, पदमा गिरी, शुशोभना जोशी, आकृती ताम्राकार, कविता भट्ट, सुनिता पनेरु, रोशनी बिष्ट, अविशेक ऐर, महेश भण्डारी, विनोद जोशी, करन भट्ट र लोक कुँवर रहेका छन्।
महाधिवेशन प्रतिनिधि ऐरले भने, ‘राजनीतिक सचेतना, समाजप्रति उत्तरदायित्व वहन, विकृति र बिसंगतीविरुद्ध बुलन्द आवज उठाउनका लागि विद्यार्थी एकता हाम्रो आवश्यकता भन्ने नाराका साथ नेविसंघ डडेल्धुराको संगठन निर्माण अभियान सञ्चालन भइरहेको छ।’




























