२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

यस्तो लिंक अयो खोलेर नर्हेनुसः आक्रमणको शिकार

काठमाडौ ः नेपाल टेलिकमको १८‌‌औं वार्षिकोत्सवको अवसरमा विभिन्न उपहारहरु दिने नाममा शेयर भएको लिङ्कमा मालवेयर भेटिएको छ ।मेसेन्जर, जीमेल, मोबाइल एसएमएस लगायतका माध्यमबाट आउने यस्ता लिङ्कमा ‘फर्मबुक’ नामको खतरनाक मालवेयर भेटिएको हो ।
साइबर सुरक्षा जानकार विजय लिम्बुका अनुसार यो मालवेलयर रूसी साइबर अपराधीहरुद्वारा नेपाली कोर्पोरेट क्षेत्रलाई लक्षित गरिएको साइबर आक्रमण हो । तर, यस लिङ्क क्लिक गर्ने जो कोही पनि आक्रमणको शिकारमा पर्न सक्छन् ।
एक पटक तपाईंले यो लिङ्कमा क्लिक गरेपछि मालवेयरको फाइल स्वतस् डाउनलोड भएर सक्रिय हुने बताइएको छ । यसले तपाईंको डिभाइसको वेब ब्राउजरमा भएका क्यास डेटा, स्क्रिनशटहरु र की(स्ट्रोक्सहरु लगायत धेरै प्रकारका डेटा चोर्नसक्छ ।
सन् २०१६ मा पहिलो पटक देखिएको यस मालवेयरले संसारमा हुने कुल साइबर आक्रमणमा १६ प्रतिशत भूमिका खेल्ने लिम्बु बताउँछन् । प्रायस् युक्रेन र पूर्वी युरोपमा हुने यस आक्रमण नेपालमा समेत फैलिएको छ । यसबाट बच्न यस्ता शंकास्पद लिङ्क क्लिक नगर्नु नै उत्तम उपाय हो ।यदि गल्तिवश क्लिक गरिहाल्नुभयो भने तत्काल आफ्नो सोसल मिडिया, वित्तीय संस्थालगायतका अनलाइन अकाउन्टको पासवर्ड परिवर्तन गरी महत्त्वपूर्ण फाइलहरुको ब्याकअप राखेर डिभाइस रिसेट गर्नुहोस् ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।