२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बगरकोटमा खुला भलिबल प्रतियोगिता हुनेः प्रथमलाई ३०,०३०

डडेल्धुराः डडेल्धुरामा खुला भलिबल प्रतियोगिता हुने भएको छ। खबरदारी न्युज साप्ताहिकको आयोजनामा खुला भलिबल प्रतियोगिता हुन लागेको हो।
सुदूरपश्चिमको महान पर्व गौरा, तिजको अवसरमा हुन लागेको भलिबल प्रतियोगिता भदौ १२ गतेदेखि सुरु हुनेछ । भलिवल संगै डेउडा म्युजिकल चेयर नाचँ गान समेत हुनेछ ।
स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्यका साथ भलिबलको आयोजना गरिएको अध्यक्ष जनक महराको भनाई छ । कार्याक्रमको प्रुर्वद्धकको रुपमा डडेल्धुरा युवा मञ्च रहेको छ । भागेश्वर गाँउपालिकाको सदरमुकाम बगरकोटको सरस्वति मा.वि .को मैदानमा खेल सुरु हुनेछ । खेल संगै कला र संस्कृतिको जर्गेना भन्ने मुलमा नाराका साथ खेल राखिएको छ ।
टिम दर्ताका लागि भदौ १ देखि १२ गते सम्म म्याद राखिएको छ भने दर्ता शुल्क रु दुई हजार राखिएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद ३० हजार ३० नगदसहित प्रमाणपत्र हात पार्नेछ। उप–विजेता टिमले नगद १५ हजार १५ नगदसहित प्रमाणपत्र र तृतीय हुने टिमले नगद ६ हजार ६ सहित प्रमाणपत्र र कप हात पार्ने आयोजकले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।