२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

अनेरास्ववियु डडेल्धुराले मिलायो अलपत्र परेका ४५ परीक्षार्थीको बासको व्यवस्था

डडेल्धुराः अध्यापन अनुमतिपत्र लाइसेन्स परीक्षा दिन डडेल्धुरा सदरमुकाम आउँदा अलपत्र परेका परीक्षार्थीहरूको बसोबासको व्यवस्था गरिएको छ।

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०ले बिहीबार राति अलपत्र परेका ४५ जनाभन्दा बढी परीक्षार्थीहरूको बसोबासको व्यवस्था गरेको हो।

पहाडी जिल्लाका साथै कैलाली, कञ्चनपुरबाट आएका ४५ जना परीक्षार्थीलाई डडेल्धुरा सार्वजनिक पुस्तकालयको तीनवटा हालमा बासको व्यवस्था मिलाइएको अनेरास्ववियु डडेल्धुरा अध्यक्ष पुष्कर देउवाले जानकारी दिए।

‘अनेरास्ववियु डडेल्धुराले अहिले ४५ परीक्षार्थीको बासको व्यवस्था मिलाएको छौं,’ अध्यक्ष देउवाले भने,‘धेरै साथीहरू बाटोमै हुनुहुन्छ उहाँहरूले फोन गर्नुभएको छ। उहाँको बासको पनि व्यवस्था गर्छौं। खानाका लागि हामीले होटलमा भनेका छौं।’

शिक्षक सेवा आयोगले साउन २८ गते निम्न माध्यमिक तहको लाइसेन्स परीक्षा सञ्चालन गर्दैछ। त्यसका लागि सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेल्धुराका विद्यालयलाई केन्द्र तोकिएको छ।

परीक्षार्थीले डडेधल्धुरा सदरमुकामका सबै होटल भरिभराउ भएपछि विद्यार्थीहरू अलपत्र पर्न थालेका छन्। डडेल्धुराका १२ वटा केन्द्रमा ३ हजार २ सय ४७ जना विद्यार्थीले लाइसेन्सको परीक्षा दिनेछन्। युनिटि खबर बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।