२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

मर्मत गर्न थालियो डडेल्धुरा सदरमुकामको सडक

डडेल्धुरा । महाकाली राजमार्गअन्तर्गत डडेल्धुरा सदरमुकामको सडक मर्मत सुरु गरिएको छ। सडक डिभिजन कार्यालय डोटीले जिल्ला सदरमुकामको बागबजारदेखि किर्तीपुर सम्मको सडक मर्मत सुरु गरेको हो।
कार्यालयका इन्जिनियर योगेन्द्र अधिकारीका अनुसार सडक डिभिजन कार्यालयले अमानत कार्यक्रमअन्तर्गत आफ्नै जनशक्ति प्रयोग गरेर सडक मर्मत सुरु गरेको हो। ‘महाकाली राजमार्ग मर्मतका लागि सडक डिभिजन कार्यालय डोटीले ४० लाखको लागत इस्टिमेट पास गरेको छ,’ इन्जिनियर अधिकारीले भने, ‘डडेल्धुरा सदरमुकाम क्षेत्रको सडक कार्यालयकै जनशक्तिमार्फत मर्मत हुन्छ। बाँकी मर्मतको कार्य निर्माण व्यवसायीमार्फत गर्ने तयारी छ।’
महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको सडक मर्मतका लागि यसअघि सडक डिभिजन कार्यालयले युसुफ कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार गत असारमै मर्मतको काम सम्पन्न हुनुपर्ने हो। तर चैतसम्म म्याद थप गर्दा पनि युसुफ कन्ट्रक्सनले काम सुरु नगरेपछि सडक डिभिजन कार्यालय आफैँले मर्मत थालेको जनाएको छ। महाकाली राजमार्गअन्तर्गत आनरखोलीतर्फ भने उन्नती निर्माण सेवाले मर्मतको काम गरिरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।