डडेल्धुरा ः परशुराम नगरपालिका को आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक सार्बजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । परशुराम नगरपालिका वार्ड न. १२ स्थित आईसोलेसन भबनमा नगरप्रमुख भरत बडायर जोशीको सभाध्यक्षमा बिहिवार कार्यक्रम सम्पन्न भएको हो । परशुराम नगरपालिका नगरकार्यपालिकाको आयोजनामा परशुराम नगरपालिका अन्र्तगत रहेका शाखाहरुको समिक्षा कार्यक्रम शाखाका प्रमुख,उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थितिमा १८ गते समपन्न भएको थियो भने बार्षिक सार्बजनिक सुनवाई कार्यक्रम विहिवार सम्पन्न भएकोछ ।



सार्बजनिक सुनवाई कार्यक्रममा भौतिक प्रगति प्रतिबेदन योजना अधिकृत कृष्ण देब जोशीले प्रस्तुत गरेका थिए । जस अन्र्तग नगरपालिका भित्र आर्थिक बर्ष २०७८÷०७९मा सन्चालित ३८२ योजना मध्ये ३५३ वटा योजना सम्पन्न भई भुक्तानी दिईसककोे र २९ वटा योजनाहरुको भुक्तानी गर्न बाकी रहेको उहाले बताएका छन । भौतिक तर्फ ९२ प्रतिशत काम सम्पन्न भई भुक्तानी दिईसकेको र ८ प्रतिशत मात्रै भुक्तानी गर्न बाकी रहेको योजना अधिकृत जोशीले बताएका छन ।
बित्तिय प्रतिबेदन लेखा अधिकृत धन बहादुर साउदले प्रस्तुत गरेका थिए । जस अन्र्तग चालु खर्च एक बर्षमा कुल बजेटको ८९।६९ प्रतिशत पुजि तर्फ ७८.४ प्रतिशत खर्च भएको लेखा अधिकृत साउदले बताएका छन । आर्थिक बर्ष २०७८÷०७९ को कुल बजेटको ८६।३६ प्रतिशत बित्तिय खर्च भएको उहाले बताएका छन । बार्षिक सार्बजनिक सुनवाई कार्यक्रममा परशुराम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु ,योजना अधिकृत,स्वास्थ्य शाखा सयोजक उपसयोजक, नगरपालिका अन्र्तगतका बिभिन्न शाखाका प्रमुख एबम कर्मचारी, वडा अध्यक्ष कार्यपालिका सदस्य ,नेकपा माआबादी केन्द्रका नगर अध्यक्ष, नेपाली काग्रेसका प्रतिनिधि नेकपा एमालेका नगर अध्यक्ष बिभिन्न पार्टीका प्रतिनिधि उपभोक्ता समितिका पदाधिकारीहरु को उपस्थिति रहेको थियो ।


सार्बजनिक सुनवाई कार्यक्रममा सहभागीहरुले बिभिन्न बिषयमा प्रश्न सोधेका थिए भने नगरपालिका नग प्रमुख प्रमुख प्रशासकिय अधिकृत शाखा प्रमुखहरुले जवाफ दिएका थिए । सहभागीहरुले शिक्षा,स्वास्थ्य,खानेपानी,योजनाहरुको अनुगमन गुणस्तरको बारेमा प्रशन गरेका थिए। नगरपालिका सम्बन्धित ब्यक्तिहरुले जनशक्तिको अभाब श्रोतसाधन कम भएकाले कमीकमजोरी भएको र अगामी दिनमा सुझाब सल्लाहका साथ अगाडी बढने नगरप्रमुख प्रमुखप्रशासकिय अधिकृत बिषयगत शाखाका शाखा प्रमुख हरुले प्रतिबद्धता पनि गरेका छन ।
परशुराम नगरपालिका भित्र १६ वटा समुदायिक र १ सस्थागत गरेर १७ वटा माध्यमिक बिध्यालयहरु रहेका छन । नगरपालिका भित्रका रहेका सम्पुर्ण माध्यमिक बिधालयहरुमा एसइइको नतिजा न्युन किन के कति कारणले आएको भनेर शिक्षा शाखाका प्रमुख लाई सहभागीहरुले प्रश्न गरेका थिए । बिधालय संग सम्बन्धित ब्यक्तिहरुले जिम्मेवारी र आफना बालबालिकाहरु प्रति अभिभाबक जिम्मेवारी नभएकाले नतिजा यस्तो आएको शिक्षा शाखा प्रमुखले बताएका छन । अगामी दिनमा शिक्षा शाखाका का कर्मचारी शिक्षक ब्यबस्थापन समिति शिक्षक अभिभाबक सघं अभिकाबक सबैले जिम्मेवारीका साथ लागे शिक्षा क्षेत्रमा आमुल परिबर्तन गर्न सकिने बताएका छन । कार्यक्रमको सहजीकरण पत्रकार राम धामी गर्नु भएको थियो ।

























