२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

बैतडीका टिकटक कलाकार ‘जेआर’ अत्तरियामा कुटिए

डडेल्धुरा ः बैतडीका टिकटक कलाकार जनकराज ‘जेआर’ भट्ट कैलालीको अत्तरियामा कुटिएका छन्। फेसबुकमार्फत ट्याङकर दुर्घटनाको लाइभ प्रसारण गरेको भन्दै आफुमाथि कुटपिट भएको भट्टले बताएका छन्।
भट्टले आज बिहान १० बजे अत्तरिया बसपार्कमा आफूमाथि कुटपिट भएको बताएका छन्। फेसबुकमा लाइभ गर्दै भट्टले अत्तरियामा ट्याङकर दुर्घटनाको लाइभ गरेको विषयलाई लिएर कुटपिट भएको बताएका छन्। कुटपिटपछि शरीरमा चोट लागेको र अहिले माया मेट्रो अस्पतालमा उपचार भइरहेको उनले बताए।
अनुसार कुटपिटको आरोपमा गोदावरी नगरपालिकास्थित वडानम्बर २ का स्थानीय रोहित साउदलाई पक्राउ गरिएको छ। साउदलाई अहिले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।
उनले नेपाल आयल निगमको इन्धन बोकेको ना.४.ख २६४० नम्बरको ट्याङकर दुर्घटना भएको दृश्य लाइभ गरेका हुन्। हिजो अत्तरियास्थित पहाड रोडमा उक्त ट्याङकर दुर्घटना भएको थियो। दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका थिए भने ५ गाई मरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।