२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

कर्ण मल्ल बने वरिष्ठ उपसभापति, महामन्त्रीसहित १८ केन्द्रीय सदस्यमा क—कसले पाए जिम्मेवारी (नामावलीसहित)

नेपाली कांग्रेसबाट निकालिएका कर्ण बहादुर मल्लसहित १८ जना नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेका छन् । उनीसहित १८ जना नेताहरु एकैपटक नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेका हुन् । उनीहरुले नेपाली कांग्रेस (बीपी) मा प्रवेश गर्नेवित्तिकै महत्वपूर्ण जिम्मेवारीसमेत पाएका छन् ।
नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेका डडेलधुराका कर्ण मल्लले बरिष्ठ उपसभापति पद सम्हालेका छन् । उनी पूर्व प्रदेश सांसदसमेत हुन् । यसअघि नेपाली कांग्रेसबाट प्रदेश सांसद बनेको भएपनि पार्टीको निर्णय विपरित काम गरेको भन्दै पार्टीले उसलाई कारबाही गरेको थियो ।
यस्तै नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेका दाङका हेमन्त बहादुर मल्लले महामन्त्री पद सम्हालेका छन् । डडेलधुराकै करुणाकर भट्ट केन्द्रीय सदस्य बनेका छन् । केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेहरुमा डडेलधुराका हरिप्रसाद भट्ट र तहरिसिंह बोहोरासमेत रहेका छन् । यस्तै दाङका पुष्कल पन्त (अधिवक्ता), स्याङ्जाका विश्वकान्त अधिकारी (अधिवक्ता), काठमाडौंका सुन्दर सिंह मेयर बोहरा, कालिकोटाका लक्ष्मी प्रसाद कोइराला रहेका छन् ।
यस्तै भक्तपुरका टिकिन्द्र कार्की। सिन्धुलीका इश्वर देवकोटा, दाङकी श्रीमती कौशला चौधरी, काठमाडौंका मुना थापा, झापाका राम तामाङ्ग, परासीका पंकज अधिकारी, मोरङका राम चन्द्र गौतम, भक्तपुरका बद्रि फैजुर दोलखाका कृष्ण बहादुर पोखरेल पनि केन्द्रीय सदस्य बनेका छन् ।
यस्तै नेपाली कांग्रेस बीपीले संघीय सरकारवाट हाल प्रस्तुत नागरिकता विधेयक अविलम्ब खारेज गर्न सरकारसग माग गरेको छ । बढ्दो महंगीलाई अबिलम्ब नियन्त्रण गरि जिविकोपार्जनलाई सरल बनाउनसमेत नेपाली कांग्रेस बीपीले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।