२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

डोटिमा अनौठो पर्व जँहा सिस्नोका बार लगाईन्छ…


गठे मङ्गल पर्व सिलगढीमा पनि मनाइँदै
किरण धामी
डोटी —
गठे मङ्गल पर्व आज डोटीको सदरमुकाम सिलगढीमा पनि मनाइँदै छ । बिहानै देखि बाटो बाटोमा पर्व मनाउनेहरू लाम लागेर मनाइरहेका छन् । एउटा लामो रसिमा सिस्नो बाँधेर बाटो छेकी आवात जावत गर्नेहरूलाई रोकेर दक्षिणा माग्दै पर्व मनाइरहेका छन् । गठे मंगलाई दान दिनुहोस्, घैँटे सर्प पैसा दिनुहोस् भन्दै बाटो बाटोमा गठे मङ्गलको तस्बिर बनाएर माग्ने चलन छ । यसरी सङ्कलन भएको रुपैयाँले भोज खाने प्रचलन रहेको छ ।

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गाठे मङ्गललाई घण्टाकर्ण चतुर्दशी पनि भनिन्छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमङ्गललाई घाम अस्ताएपछि विसर्जन गरिन्छ । त्यसअघि, नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराउने परम्परा पनि रहेको छ । कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठेमङ्गल एकत्रित गरेर जलाउने चलन पनि रहेको छ ।

यो पर्व परापूर्व काल देखि नै मनाउँदै आएको यहाँका स्थानीय बत्ताउँछन् ।तन्त्र मन्त्र र भूतप्रेतबाट बच्न गठेमङ्गललाई विशेष दिनका रूपमा लिइन्छ । गठेमङ्गलमा घण्टाकर्ण भन्ने भीमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ । उक्त राक्षसको मृत्युपछि धेरै जना त्रास र भयबाट मुक्त भएको सम्झना गरिन्छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।