२०८३ मंसिर १२ शुक्रबार
२०८३ मंसिर १२ शुक्रबार

डडेल्धुरामा स्वास्थ्य शिविर हुँदै, यी बिरामीको हुनेछ निःशुल्क परीक्षण र शल्यक्रिया

डडेल्धुरा — सुदूरपश्चिमको पहाडी जिल्लाको रेफरल अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पतालमा ५ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । डडेल्धुरा अस्पतालको आयोजना, सुषमा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहयोग र ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार साउन १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने शिविरमा विभिन्न प्रकारका शारिरिक समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षणसंगै शल्यक्रिया पनि गरिने छ । ‘स्वास्थ्य परीक्षणसंगै शल्यक्रियाका लागि सुषमा कोइराला मेमोरियल अस्पताल काठमाडौँबाट १३ जना विशेषज्ञ चिकित्सकसहितको टोली डडेल्धुरा आउने छ,’ अध्यक्ष ओझाले सुदूरआवाजलाई भने ।
सुषमा कोइराला मेमोरियल अस्पतालका निर्देशक डाक्टर सन्तोषविक्रम भण्डारीका अनुसार शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका बिरामीहरु, जन्मजात हातगोडाको औँलाहरु टाँसिएको, बाङ्गिएको, हात गोडामा जन्मजात पाँचभन्दा बढी औँलाहरु टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको बिरामीहरुको स्वास्थ्य अवस्था परीक्षण गरिने छ ।
‘त्यस्तै मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर नचल्लने भएका बिरामीको पनि शिविरमा निःशुल्क उपचार हुनेछ,’ डाक्टर भण्डारीले भने, ‘कान तथा नाक चिरिएको बिरामी, शरीरमा मुसा, कोठी, दाग तथा गाठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सर सम्बन्धी बिरामी, हर्निया, हाइड्रोसिलका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका बिरामीको पनि उपचार गरिने छ ।’
शिविरमा उपचार भई शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई पनि शल्यक्रिया तथा बस्ने कोठासमेत निःशुल्क गरिने डाक्टर भण्डारीले बताए । शिविर सञ्चालन हुन लागेको विषयमा सुदूरपश्चिमका स्थानीय तह र स्वास्थ्य संस्थालाई पनि जानकारी गराउने तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष ओझाले बताए । यस्तै स्वास्थ्य शिविरको तयारीका लागि आइतबार डडेल्धुरामा छलफल भएको छ ।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन भण्डारी, अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र नागरिक समाजका अगुवाको छलफलमा सहभागीता रहेको थियो । यसअघि सुदूरपश्चिमकै डोटी, टीकापुर लगायतका क्षेत्रमा यस्तो शिविर सञ्चालन भइसकेको छ । अघिल्लो वैशाखमा कैलालीको टीकापुरमा आयोजना गरिएको शिविरमा आगोले पोलिएका १ सय ७१ को निशुल्क शल्यक्रिया गरिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।