२०८३ मंसिर १२ शुक्रबार
२०८३ मंसिर १२ शुक्रबार

रमेश माली जो राजनिती संगै समाजसेवा गरिरहन्छन

डडेल्धुरा (दिपक राज भट्ट)— डडेल्धुराको गन्यापधुरा गाउपालिका घर भएका रमेश मालीको जन्म वि. सं. २०४९— ८—१८ मा भएको हो । बुवा जित बहादुर माली र आमा धर्मा देवि माली हुन् ।
सानै उमेर देखि समाजसेवामा लाग्ने रहर मात्र हैन उनको लगाब पनि उतिकै थियो । मालीको राजनीतिक यात्रा औपचारिक रुपमा २०६३ साल देखि भएको थियो । २०६३ सालमा उनी नेपाल बिद्यार्थी संघ गणेश मा.बिका अध्यक्ष भएका थिए । २०६४ सालको चुनाव प्रचार प्रसार समितिको सयोजक भएर जिम्मेवारि वहन गरे यस्तै २०६९ सालमा सेति प्राबिधिक शिक्षालय दिपायलमा कल्याण समिति अध्यक्षमा सर्वसम्मत चयन भई कार्यसम्पादन गरे । २०७६ सालमा ने.बि.संघ जिल्ला सदस्य । २०७६ने.बि.संघ गन्यापधुरा निर्वाचन सयोजक
भएर काम गरे । तस्विरः रमेश माली स्थानिय नागरिक लाई ह्वीलचेयर हस्तान्तरण गर्दै
विश्व महामारिको रुपमा आएको कोरोना कहरमा मालीले खाफ्नो समाजसेवा लाई भने निरन्तरता दिईरहे टोलटोलमा सचेतना कार्यक्रम, राहत वितरण,आर्थिक सहयोगका गतिविधीहरु गरिरहे । नेपाली कांग्रेस सेवा दल सदस्य भएर खाना, अक्सिजनको ब्यवस्थापन गर्ने काम गरेका मालीलेनेपाली कांग्रेस गन्यापधुरा गाँउपालिकाको वडा न.२ पार्टी सभापतिको जिम्मेवारि समेत समालेका थिए ।
गत स्थानीय चुनावमा डडेल्धुरामा नेपाली कांग्रेस बिच भएको गुट उपगुटका कारण कर्या मल्ल प्यानलले डडेल्धुरामा वि.पि( काङग्रेश) संग एलाईन्स गरेर चुनावमा प्रतिसपर्धा गरेको थियो । माली मल्ल निकट रहेकाले उनले गन्यापधुरा २ बाट वि.पि. काङगे्रश (करुवा चिन्ह बाट) चुनाव को प्रतिसपर्धा गरेका थिए । उनी प्रतिसपर्धि संग झिनो मतले पराजित भएका थिए । थिए ।
मालीले अहिले नेपाली कांग्रेस बि.पि. गन्यापधुरा सभापतिको जिम्मेवारि समालिरहेका छन् । शनिवार भएको वि.पि. स्मृति दिवसका दिन कर्ण मल्ल प्यानलले औपचारिक रुपमा सदस्यता लिएर वि.पि. काङग्रेश भएको घोषणा गरेको थियो,जसमा मालीलाई गन्यापधुरा गाँउपालिकाको सभापतिको जिम्मेवारि दिईएको थियो ।
कोरोना कहरको समयमा मालीले जीवन र मानबता बचाउ अभियानको सयोजक भएर गन्यापधुरा गाँउपालिका भरी औषधि, मास्क,साबुन र बाढी पहिरोको समयमा राहत बितरण संगै पाल बितरण समेत गरेका थिए ।
मालीले समाजशास्त्र बाट स्नातक गरेका छन् भने कृषि बिज्ञानमा स्नातक गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।