२०८१ माघ १ मंगलवार
२०८१ माघ १ मंगलवार

कञ्चनपुरमा नक्कली लाईसेन्स लिने शिक्षक विरुद्ध भ्रष्टाचारको मुद्दा

कञ्चनपुरमा नक्कली स्थायी अध्यापन अनुमति पत्र (लाईसेन्स) लिने शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

जिल्लाको शुक्लाफाँटा आधारभूत विद्यालयमा कार्यरत शिक्षक मिरा रानाले झुठ्ठा स्थायी अध्यापन अनुमती पत्र लिएर सरकारी सेवाको लाभ र सुविधा लिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनले आधारभूत विद्यालयमा प्राथमिक तह राहत अनुदान कोटामा नियुक्ती लिई लाभ तथा सुविधा समेत लिएको देखिएको भन्दै प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

रानालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजायको माग दावी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।