२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

सुदूरपश्चिममा २४ घण्टामा १०३० जनाको कोरोना परीक्षण, पाँच जनामा संक्रमण पुष्टि

धनगढीः सुदूरपश्चिम प्रदेशमा शुक्रबार एक हजार बढिको कोरोना परीक्षण गरिएको छ। सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरी एक हजार ३० जनाको कोरोना परीक्षण गरिएको हो।

यो संख्या अहिले सम्म २४ घण्टामा गरिएको परीक्षणको सर्वाधिक हो। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आठ सय ८९ र डडेल्धुरा अस्पताल प्रयोगशालामा एक सय ४१ जनाको परीक्षण गर्दा पाँच जनामा मात्रै संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा आठ सय ८९ जनाको कोरोना परीक्षण गरिएकोमा एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको बताए। उनीहरु सबैजना अछामका हुन्।

सूचना अधिकारी श्रेष्ठले अछामको साफेबगर नगरपालिका वडा नम्बर ७ की २३ वर्षीय महिला र ३१ वर्षीय पुरुष गरी दुईजना, साफेबगर नगरपालिका ५ का ३० वर्षीय पुरुष र मंगलसेन नगरपालिका ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए।

डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले बझाङका बित्थडचीर गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ। अन्य सबैको रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय ७४ पुगेको छ।

सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २२ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डडेल्धुराका तीन सय १२, बैतडीका तीन सय एक, बझाङका दुई सय ९७ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार ८३ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।