२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

आज अत्तरिया बजार बन्द

धनगढी  : आज कैलालीको अत्तरिया बजार बन्द हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले आज बजार बन्दको आवह्वान गरेको हो ।

गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोडमा रहेको न्यु उग्रतारा बिजुली भण्डारका प्रोपराइटर खेम साँकीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका कारण उनको शोक मनाउन बजार बन्दको आवह्वान गरिएको हो ।

गोदावरी नगरपालिकाका सम्पूर्ण व्यापारीहरुलाई व्यापार व्यवसाय बन्द गर्न अनुरोध गरेको उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए ।

बिहिबार धनगढी–अत्तरिया ६ लेन सडकमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ का खेम साँकीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।