डडेल्धुरा – धनगढीबाट डडेल्धुरातर्फ आइरहेको एक स्कारपियोमा आगलागी भएको छ । सुदूरपश्चिम प्रदेश ०४००१ च ००५८ नम्बरको स्कारपियोमा मंगलबर बिहान आगलागी भएको हो । भीमदत्त राजमार्ग अन्तरगत हगुल्टेमा उक्त गाडीमा आगलागी भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । टार सर्ट भएर गाडीमा आगलागी भएको बताइएको छ ।
आगलागीबाट स्कारपियो पूर्णरुपमा जलेर नष्ट भएको छ । तर कुनै मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । स्कारपियो डडेल्धुराका शान्ति जोशीको भएको बताइएको छ ।



Views: 160

























