२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

सुदूरपश्चिममा ४१५१ कोरोना मुक्त

धनगढी – सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बिहिवार ६८ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप ६८ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

कैलालीका ६२ र कञ्चनपुरका ६ जनालाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या चार हजार एक सय ५१ पुगेको छ। 

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६५, अछामका ६ सय ६७, डोटीका पाँच सय ७५, कञ्चनपुरका पाँच सय ७२, बैतडीका तीन सय १८ र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ।

बाजुराबाट चार सय ३५, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस ६ सय ४९ रहेका छन्।

सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार नौँ सय ६९ पुगेको छ भने ११ जना संक्रमितको मृत्यु भएको छ। संक्रमण पुष्टि भएका र लक्षण देखिएका ५६ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

टीकापुर अस्पतालमा ३४, जिल्ला अस्पताल अछाममा १०, महाकाली र सेती प्रादेशिक अस्पतालमा चार/चार, जिल्ला अस्पताल डोटी र मालाखेती अस्पतालमा २/२ जनाको उपचार भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।