२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

रामेछाप — रामेछापको लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस करिब १० बजेतिर खाँडादेवी र सुनापतिको सिमानामा बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार थिङका अनुसार पाँच जना पुरुष र चार जना महिला घटनास्थलमै मृत फेला परेका हुन् । घटनास्थलबाट २३ जना घाइतेको उद्धार गरी उपचारका लागि धुलिखेल पठाइएको उनले बताए ।
यसैबीच ३ जना गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले कान्तिपुरलाई बताए । उनका अनुसार अग्लो भीरको घुम्तीबाट बस तल दुर्घटनाग्रस्त भएको खबर आएको छ ।

यस घटनाबारे रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङसँग बुझ्दा यात्रुबहाक बस दुर्घटना भएको र आफूहरु घटनास्थलमा जाँदै गरेको बताइन् । ‘त्यस्तो दुर्घटना हुने ठाउँ त थिएन । बिहान हामी त्यही बाटो आएका थियौं, ‘जिल्ला कार्यालयकी सूचना अधिकारी समेत रहेकी गुरुङले भनिन्, ‘धेरै नै हाताहाती भएको भन्ने पनि खबर आएको छ । हामी स्थलगत बुझ्न जाँदै छौं ।’

सुनापति–३ हिलेदेवी स्वाराबाट उक्त बस काठमाडौंका लागि छुटेको थियो । बस के कारणले दुर्घटनामा परेको हो भन्ने बारे थप विवरण आउन बाँकी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।