२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १० लाख, ज्यान गुमाउनेको संख्या ७ लाख ५० हजार नाघ्यो

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ लाख ७१ हजार ४ सय २१ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमितको संख्या २ करोड १० लाख ६८ हजार पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ५० हजार बढी पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर गरी थप ६ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।

संक्रमण देखिएकामध्ये १ करोड ३८ लाख ९५ हजार व्यक्ति संक्रमण मुक्त भएका छन् । हाल विश्वभर गरी ६४ लाख २० हजार सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ६४ हजार ६ सय ८८ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या ५४ लाख १४ हजार नाघेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि १ लाख ७० हजार नाघेको छ । त्यसपछि ब्राजिलमा संत्रमितको संख्या ३२ लाख २९ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५ हजार नाघेको छ ।

कोरोना प्रभावित मुलुकमध्ये तेस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या २४ लाख ५९ हजार पुगेको छ । यस्तै, मृतकको संख्या ४८ हजार १ सय पुगेको छ । भारत पछि रुसमा संक्रमितको संख्या ९ लाख ७ हजार छ भने मृतकको संख्या १५ हजार नाघेको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।