२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

धरानका मेयरलाई अन्तराष्ट्रिय पुरस्कार

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई अन्तिराष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । स्वर्गीय अर्जुनप्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कारबाट साम्पाङ पुरस्कृत हुन लागेका हुन् ।
एनएनजे इन्टरटेन्मेन्ट अमेरिकाले साम्पाङलाई पुरस्कृत गर्न लागेको हो । जनताको पक्षमा आवाज बुलन्द पार्दै आएका उनी दोश्रो प्रयासमा धरानको मेयरमा निर्वाचित भएका हुन् ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि पुरस्कृत हुने भएका छन् । शाहलाई स्वर्गीय अनिल अधिकारी (यमबुद्ध) को नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार प्रदान गर्न लागिएको हो ।
त्यस्तै, नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नलिज्म अवार्डबाट पूर्वेली न्यूज डटकम तथा नेप्लिज डटकमका सम्पादक मणिराम दाहाल सम्मानित हुँदैछन् । पुरस्कारको राशी २५ हजारको रहेको छ ।
सामाजिक क्षेत्रमा प्रदान गरिने पुरस्कार यो बर्ष लक्ष्मी प्रतिष्ठान र तुलसादेवी फाउन्डेसनलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। यो पुरस्कारको राशी पनि २५ हजार रहेको छ ।
साहित्य संगीत, गायन कलाकारिताको क्षेत्रमा प्रदान गरिने एकलाख राशीको पुरस्कार चार जनालाई संयुक्त रुपमा जनही २५ हजारको दरले प्रदान गरिने भएको छ । यो पुरस्कार पाउनेमा साहित्यकार माया ठकुरी, गार्गी शर्मा, पप गायक ओमविक्रम विष्ट र भारतीय नेपाली साहित्यकार कृष्ण प्रधान रहेका छन् ।
आयोजकका अनुसार यी पुरस्कार नेपालमा रहनेलाई नेपालमै र अमेरिकामा रहनेलाई अमेरिकामै प्रदान गरिनेछ । भाषा साहित्य र संस्कृतिको जगेर्नाको निमित्त अमेरिकामा खोलिएको एन एन जे इन्टरटेन्मेन्टले सन् २००५ देखि अमेरिकामा निरन्तर सक्रिय छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।