२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

पुलबाट खसेर डोटीमा एक महिलाको मृत्यु

डोटी ,डोटीमा पुलबाट खसेर एक जना महिलाको मृत्यु भएको छ। डोटीको आदर्श गाँउपालीका वडा न ६ की १८ बर्षिया ढुल्लु अधिकरीको काठको पुलबाट खसेर मृत्यु भएको छ ।
बिहिबार बिहान आदर्श ६ गिरिचौकाको बबिना देखि सिगास गाउँपालिका बैतडी साङडामा रोपाई गर्न जाने क्रममा पुलबाट खसेर मृत्यु भएको स्थानीय बिरबहादुर थापाले जानकारी दिए । पुलबाट सेतीमा खसेकी उनको शब पुल नजिकै फेला परेको छ ।
गत बर्ष कार्तिकको महिना परेको अबिरल बर्षाका कारण आदर्श –६ गिरिचौका र बबिना जोडने सेती नदी माथी रहेको झोलुङ्गे पुल बगाएपछि अस्थायी रुपमा बनाएको काठको पुलबाट खसेर अधिकारीको मृत्यु भएको हो । दुइ जिल्लाका सिमानामा बस्ने स्थानीयको दैनिकीसंग जोडिएको महत्वपूर्ण बाटोमा निर्माण गरेको झुलुङगे पुल नै बगाउँदा स्थानीयलाई सास्ती भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।